दमक । विभिन्न विधामा सम्मानका साथ डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारण सभा दमकमा सम्पन्न भएको छ ।
२०७८/७९ मा दमक स्थित सामुदायिक बचत तथा श्रृण कोष लिमिटेड सँग एकिकरण भई २०७८ माघ १३ गतेबाट डाँफे सामुदायिक साकोस भई आफ्नो गतिविधि गरिरहेको उक्त संस्थाले आफ्नो सोह्रौ साधारण सभा सम्पन्न गरेको हो । 

संंस्थाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षता एवं राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा दमक नगरपालिका वडा नम्वर २ निवासि जेष्ठ नागरिक भोला शंकर बराललाई जेष्ठ सदस्य सम्मान दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गरिएको छ ।

यसैगरि संस्थाको गतिविधिहरुलाई सञ्चार माध्यमबाट सबै सामु पुर्याई संस्थालाई सहयोग पुर्याएको भन्दै पुर्व सन्देश दैनिकका पत्रकार पंकज दाहाललाई सम्मान गरिएको छ । संस्थालाई निरन्तर गतिशिल बनाई संस्था सञ्चालनमा योगदान पुर्याउने संस्थाका कर्मचारी दिपक भण्डारीलगायतलाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको छ ।
अवकास भई जाने कर्मचारीलाई विदाई गरेको छ । हिमालय माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत उत्सब तिमल्सिनालाई शैक्षिक अभिभावकत्व ग्रहण गरेको छ । फरक क्षमता भएका नागरिकलाई ह्वीलचियर खरिदका लागि नगद प्रदान गरेको छ ।