इटहरी । सुनसरीको इटहरीमा रहेको सीबी कलेजले कक्षा ११का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का विद्यार्थीलाई विदाई कार्यक्रम गरेको छ ।
विभिन्न संकायमा भर्ना भएका कक्षा ११का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ उर्तिण गरेका विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी सीबी कलेजले विदाई गरेको हो ।
स्वागत तथा विदाई कार्यक्रममा कक्षा ११मा अध्ययनका लागि आएका दुई सय विद्यार्थीलाई स्वागत तथा कक्षा १२का एक सय जना विद्यार्थीलाई विदाई गरिएको कलेजका प्राचार्य खेमराज बास्तोलाले जानकारी दिए ।
सीबी कलेजमा होटल व्यवस्थापन , विज्ञान , व्यवस्थापन , कानुन विषय पठन पाठन गराउदै आएको छ । कलेजका अध्यक्ष देशबन्धु कार्कीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका शिक्षा ,युवा तथा खेलकुद महाशाखा प्रमुख सुर्य प्रसाद सुवेदीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा कक्षा १२ मा कलेजमा उत्कृष्ट नम्वर ल्याउने निम्दिगी शेर्पा , रुपा आचार्य , सृजन खड्का र एवान चौधरीलाई पुरस्कृत गरियो त्यसै गरी कक्षा ११का भर्ना भएका प्रवेश चौधरी , निर्जला राई लाई पनि एसइइ उत्कृष्ट जिपीए ल्याएकोमा पुरस्कृत गरियो । स्वागत तथा विदाई कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेका थिए ।
कार्यक्रममा जनता बहुमुखी क्याम्पस इटहरीका अध्यक्ष विकास केसी , हिसान केन्द्रीय सदस्य मुकुन्द घिमीरे उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली , जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।




















