इटहरी । नगरवासीलाई एकै पटक ठुलो आर्थिक भार पार्ने गरेर इटहरी उपमहानगरपालिकाले आर्थिक ऐन २०८० मार्फत तीन सय प्रतिशत सम्मको कर वृद्धिको विषयलाई लिएर नागरिक समाज इटहरीले दवाव मुलुक कार्यक्रम गर्ने भएको छ ।

   उपमहानगरपालिकाले भएको विकास बजेट आधा पनि खर्च गर्न नसकिरहेको अवस्थामा कर वापत संकलित रकमले इटहरीको विकास हुने संभावना नभएकाले जनताको हित विपरीत बढाइएको करका विषयमा ध्यानाकषण गराइएपनि सुनुवाई नभएको भन्दै दवाव मुलक कार्यक्रम आयोजना गर्न लागेको हो ।

   नागरिक समाज इटहरीले पत्रकार सम्मेलन गरेर आर्थिक मन्दिको कारण आर्थिक गतिविधि कम हुँदा व्यवसायीहरु पलायन भईरहेको , सर्वसधारणले खर्चमा कटौती गरिरहेको र दैनिक हातमुख जोर्न नै समस्या भईरहेको समयमा उपमहानगरपालिकाले गरेको करवृद्धले थप पीडित वनाएको भन्दै दवाव मुलक कार्यक्रम गर्न लागिएको जानकारी गराएको छ । WhatsApp Image 2023-09-05 at 15.24.13पत्रकार सम्मेलनमा नागरिक समाज इटहरीकी अध्यक्ष बालिका भट्टराईले नागरिक समाजले करवृद्धिका विषयमा दुई पटक उपमहानगरपालिको ध्यानाकर्षण गराएपनि सुनुवाइ नभएकाले नगरवासीको हितविपरित वढाइएको करको विषय केन्द्रित भएर दवाव मुलक कार्यक्रम गर्नु परेको जानकारी गराईन ।

नागरिक समाज इटहरीले करवृद्धि घटाउन दवाव दिदै एसएमएस जनप्रतिनिधिलाई पठाउने , उपमहानगरपालिकामा मौन धर्ना दिने , सरोकारवालाहरुसंग छलफल गर्ने देखि लिएर नो ट्याक्स घोषणा गर्ने सम्मका दवाव मुलक कार्यक्रम सार्वजनिक गरेको छ । पत्रकार सम्मेलमा पुर्व अध्यक्ष प्रा.डा.बद्री विशाल पोखरेल , वोधराज नेपाल , सन्त वहादुर डुम्जन , राजेश श्रेष्ठ , राजु केसी लगायतको सहभागिता रहेको थियो ।