इटहरी । नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन इटहरीले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर तीन दिने वैदिक ग्रन्थ तथा श्रीकृष्ण जन्माष्टमी महोत्सव सुरु गरेको छ ।
वैर्दिक ग्रन्थहरुको अध्ययनमा जोड दिदै श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर तीन दिन सम्म सञ्चालन गरिने श्रीकृष्ण जन्माष्टमी महोत्सवको प्रमुख अतिथी शिक्षासेवी लेखनाथ घिमीरेले उदघाटन गरेका हुन ।
श्रीकृष्ण जन्माष्टमी महोत्सव कमिटिका अध्यक्ष विष्णु रिजालको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा वैर्दिक ग्रन्थहरुको चर्चा सहित श्रीमद्भागवत गीताका विषय केन्द्रित इस्कोन इटहरीका अध्यक्ष ललित बहादुर बानियाँले प्रवचन गरेका थिए ।
कार्यक्रममा इटहरी क्षेत्रका विभिन्न कलेजका विद्यार्थी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।
आगाामी बुधवार सम्म सञ्चालन हुने श्रीकृष्ण जन्माष्टमी महोत्सवको अन्तिम दिन वुधवार इटहरी निकालिने श्रीकृष्णको रथ यात्रामा समेत इस्कोनले सहभागिता जनाउने भएको छ ।
वैदिक ग्रन्थको प्रर्दशनी तथा विक्रि वितरण र २१ गते श्रीकृष्ण जन्माष्टमी महोत्सव आयोजना जानकारी गराइएको हो ।
इस्कोन इटहरीले विगत केही वर्ष यता देखि इटहरीमा श्रीकृष्ण जन्माष्टमी महोत्सव आयोजना गर्दै आएको छ ।




















