ईटहरी । नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ स्कोन इटहरीले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर श्रीकृष्ण जन्माष्टमी महोत्सव आयोजना गर्ने भएको छ ।
वैर्दिक ग्रन्थहरुको अध्ययनमा जोड दिदै श्रीकृष्ण जन्माष्टमीको अवसरमा यही भाद्र १९ र २० गते वैदिक ग्रन्थको प्रर्दशनी तथा विक्रि वितरण र २१ गते श्रीकृष्ण जन्माष्टमी महोत्सव आयोजना गरिन लागेको पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
वैर्दिक ग्रन्थहरुको प्रर्दशनी र विक्री वितरण कार्यक्रममा पाँच हजार विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहने इस्कोन मन्दिर परिषद इटहरीका अध्यक्ष ललित बहादुर बानियाँ दिए ।
उनले विगतमा पनि इस्कोन इटहरीले विगत केही वर्ष यता देखि इटहरीमा श्रीकृष्ण जन्माष्टमी महोत्सव आयोजना गर्दै आएको समेत जानकारी गराए ।
श्रीकृष्ण जन्माष्टमी महोत्सव समाजसेवी तथा व्यवसायी विष्णु रिजालको अध्यक्षतामा हुने समेत जानकारी दिए । जन्माष्टमीको भोली पल्ट इटहरीमा राधाकृष्ण शिव मन्दिरले निकालिने श्रीकृष्णको रथ यात्रामा समेत इस्कोन इटहरीको पनि सहभागिता जनाउने भएको छ ।




















