इटहरी । उद्योग वाणिज्य संघ इटहरी महिला उद्यम समितिको आयोजनामा ३ दिने उद्यमशिलता प्रर्दशनी मेला आइतवार सम्पन्न भएको छ ।
उद्यमीहरुको उत्पादनलाई बजारिकरण सहित प्रवद्धनमा जोड दिदै आयोजना गरीएको प्रदर्शनी मेला एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।
कोशी प्रदेशभरीका मौलिक उत्पादनदेखी लिएर पश्चिमी भेगका उत्पादनहरु सहितको प्रदर्शनी गरिएको हो ।
जसमा पुर्वी पहाडी क्षेत्रमा पाइने मौरीको मह,अचार,किवी बाट उत्पादन जुस जस्ता घरेलु उत्पादनदेखी लिएर पश्चिमी जुम्ली मार्सी चामल सम्मका सामाग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।
इटहरीको लायन्स क्लवमा तिन दिन सम्म सञ्चालन भएको प्रर्दशनी मेलामा स्थानीय उत्पादन सहितका विभिन्न सामाग्रीहरुका ७९ वटा स्टल रहेका थिए । इटहरी उद्योग वाणिज्य संघ,महिला उद्यम समिति, नेपाल युवा उद्यमी मञ्च सुनसरीको संयुक्त आयोजनामा सम्पन्न प्रदर्शनीमा डि लाइट इभेन्ट इटहरी सुनसरी,चन्दन फाइवर उद्योग ताप्लेजुङ र सविना ढाका उद्योग झापा गरी ३ स्टललाइ पुरस्कृत गरीएको थियो । सान्त्वना स्वरुप १० स्टलहरुलाइ पुरस्कृत गरीएको हो । प्रदर्शनी अवधी भरी इटहरी मेडिकल हलले अवलोकनकर्ताका लागी निशुल्क स्वास्थ्य सिवीरको व्यवस्था गरेको थियो भने सांस्कृतीक कार्यक्रम माझ स्थानीय तथा राष्ट्रीय स्तरका कलाकारहरुले प्रस्तुती दिएका थिए । इटहरी उपमहानगरपालीकाकी उपप्रमुख संगीता कुमारी चौधरीको प्रमुख आतीथ्यतामा आयोजीत समापन कार्यक्रममा कार्यक्रम संयोजक मिना ढकाल,उद्योग वाणिज्य संघ इटहरीका पुर्व अध्यक्ष टंक दुलाल लगायतका अतिथीहरुको सहभागीता रहेको थियो । प्रदर्शनी पश्चात भुगोल र वातावरण अनुकुल उत्पादन तथा निर्माण गरिएका खाद्यवस्तु र विभिन्न परिकारको बजारीकरण गर्न मद्धत पुग्ने विश्वास गरिएको छ ।




















