झापा । दमक बहुमुखि सहकारी संस्था लिमिटेडको २१ औं बार्षिक साधारण सभा दमकमा शनिबार सम्पन्न भएको छ । दमक नगरपालिकाका नगर प्रमुख राम बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा रक्तदाता, उत्कृष्ट बचत कर्ता, बाल बचत, ऋणी, निजि, सामुदायिक विध्यालय र प्राविधिक धारमा अध्ययन गरी एसईई, प्रमाण पत्र तह, स्नातक तहमा उत्कृष्ट हुने शेयर सदस्यका छोराछोरी, उत्कृष्ट कारोबार गर्ने सदस्य, कर्मचारी, सञ्चालक लगायतलाई पुरस्कार सहित सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष मोहन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख थापाले सहकारीमा ईमान्दार भएर कारोबार गर्न सबैलाई आग्रह गरेका छन ।
सहकारी क्षेत्रलाई सबैतिरबाट घेराबन्दी भईरहेको अवस्थामा सहकारी सञ्चालन गर्दा विधि पद्धति र तरिकलाई पछ्याई सामुहिक न्यायका आधारमा संस्था सञ्चालन गर्नु पर्ने केही खराव गतिबिधिका कारण हाल सहकारीमा समस्या आउने शेयर सदस्य, बचत कर्ता, ऋणी लगायत सबैको साथ र सहयोग अनिबार्य रहेको दमक बहुमुखि सहकारी संस्था लिमिटेडका प्रमुख एंव व्यावस्थापक हेमन्त रिजालले बताएका छन ।
२०५८ सालमा स्थापना भएको यस सहकारीले स्थापना कालदेखि नै रक्तदान, स्वास्थ्य सिविर, लगायतका सामाजिक कार्यै गर्दैै आइरहेको छ । असार मसान्त सम्ममा १६ सय ९६ शेयर सदस्य रहेको उक्त संस्थाले व्यावसायिक, घरकाज, कृषि, ओडि, कर्मचारी सहुलियत, बचत जमानत, बिना धितो, स्वरोजगार लगायतका शिर्षकमा ऋणी लगानी गर्दै आएको छ ।




















