इटहरी । अध्ययन अध्यापन साथै सामाजिक कार्यका कारण प्रसिद्धि कमाएको सुनसरीको इटहरीमा रहेको विश्व आर्दश कलेजमा कक्षा ११मा अध्ययन गर्न आउने विद्यार्थीलाई स्वागत सहित सम्मान कार्यक्रम  गरिएको छ ।

   विश्व आर्दश कलेजमा कक्षा १२का विद्यार्थीले आयोजना गरेको स्वागत कार्यक्रममा विज्ञान तथा व्यवस्थापन संकायमा अध्ययनका लागि आएका ७सय ३१ जना विद्यार्थीलाई कलेजमा स्वागत गरिएको हो ।WhatsApp Image 2023-09-02 at 18.03.35

   राष्ट्रिय परिक्षा वोडको नतिजा अनुसार  ए प्लस  ल्याउने विद्यार्थीलाई सम्मान गरियो । स्वागत कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रितम आर्चाय र रिजन डाँगीको समेत प्रस्तुति रहेको थियो । स्वागत कार्यक्रमकै अवसर पारेर विश्व आर्दश कलेजका तर्फबाट जथाभावी नथुकौं अभियान सुरु गरिएको छ ।WhatsApp Image 2023-09-02 at 18.03.37 त्यसै गरी  विद्यार्थीको मिस्टर एण्ड मिस कलेज समेत समावेश गरिएको थियो । मिक्ष्टर एण्ड मिस विश्व आर्दश कलेज प्रयोगिताको निर्णायकमा ड्रिम मोडलिगं एजेन्सीका सिइओ सौरवमान भण्डारी , विहानी डान्स सेन्टरकी डारेक्टर प्रनिसा उदास र आरजे भिजे शुभेक्षा कार्की रहेका थिए ।  कार्यक्रममा विश्व आर्दश कलेजका अध्यक्ष लेखनाथ घिमीरे प्राचार्य गणेश दुलाल , कलेजका अध्यापकहरु , विद्यार्थी साथै अभिभावकहरुको सहभागिता रहेको थियो ।