इटहरी । आपसी सद्भावका लागि हरेक वर्ष सामुहिक रक्षावन्धन गर्दै आएको बह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीले यस वर्षपनि निरन्तरता दिएको छ ।
रक्षाबन्धनका दिन बह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीले केन्द्रमा सामुहिक रक्षाबन्धन कार्यक्रमको आयोजना गर्ने गरेको छ भने विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा पुगेर रक्षाबन्धन बाध्ने कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको हो ।
विगत देखि रक्षा इटहरीमा सामुहिक रक्षाबन्धन गरिदै आएको र सद्भाव ,प्रेम , आपसी स्नेह वढेर जाओस भन्ने कामना सहित सामुहिक रक्षाबन्धन गरिदै आएको बह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीकी सञ्चालिका शारदा सिटौलाले वताइन । उनले मनोविकारबाट समेत मानिसहरुलाई रक्षा होस भन्ने कामनाका साथ रक्षाबन्धन बानिने गरिएको समेत जानकारी दिइन ।
सबैमा सद्भाद , स्नेह र सम्मानमा जोड दिदै प्रवचन , योग , ध्यानमा जोड दिने बह्मकुमारी राजयोग सेवा केन्द्रले इटहरीका इलाका प्रहरी कार्यालय , पुर्वी पृतना इटहरी ,मायाघर नेपाल , सशस्त्र प्रहरी वल बराह बाहिनी , एसओएस बालग्राम लगायतमा समेत पुगेर रक्षाबन्धन गरेको छ ।




















