विराटनगर । अन्तराष्ट्रिय बजारमा नेपाली कफिको माग बढी रहेको तर्फ मध्यनजर गर्दै गुणस्तरिय साथै कफीको उत्पादन वढाउने विषय केन्द्रित कोशी प्रदेश स्तरीय कार्यशाला सम्पन्न भएको छ ।

 नेपाली कफी उत्पादक तथा निर्यातकर्ताहरूलाई निर्यात  क्षमता बढाउने विषय केन्द्रित भएर कोशी प्रदेशको विराटनगरमा  तीन दिन देखि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अन्तराष्ट्रिय व्यापार केन्द्र (आइटिसी) ,नेपाल व्यापार तथा लगानी कार्यक्रम (इयुटिआइपी) तथा व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रले  संयुक्त रुपमा आयोजना गरेको कार्यशाला समापन भएको हो ।

  कार्यशालामा  २१ जना कफी किसान तथा  व्यवसायीहरूको सहभागिता रहेको सो कार्यक्रममा कफिको उत्पादन वृद्धि सहित गुणस्तरका विषयमा विज्ञहरुले सहजिकरण गरेका थिए ।WhatsApp Image 2023-08-18 at 18.19.57

अर्गानिक उत्पादन ,जैविक विषादीको प्रयोग , खेती गर्ने तरिका लगायतका विषयमा समेत कार्यशालामा जानकारी गराइएको थियो । पछिल्लो समयमा नेपाली कफिको माग अन्तराष्ट्रिय वजारका साथै स्वदेशमा समेत वढी रहेकाले समेत माग धान्न नसकिरहेको नेपाल कफी व्यावसायी महासंघ महासचिव सन्तोष पोखरेलले जानकारी गराए ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका उप सचिव भक्तराज जोशीले नेपाली कफीको गुणस्तर राम्रो भएका कारण अन्तराष्ट्रिय बजारमा माग वढी रहेको जानकारी गराए । WhatsApp Image 2023-08-18 at 18.20.01 (2)

अन्तराष्ट्रि स्तरमा माग वढी रहेको तर्फ मध्यनजर गर्दै अहिले निर्यात भई रहेका देशहरुमा निर्यात वढाउने देखि अन्य देशमा पठाउने विषयमा समेत कार्यशालामा छलफल गरिएको थियो । कार्यशालामा कोशी प्रदेशका इलाम, संखुवासभा, पाँचथर, झापा, मोरङ, भोजपुर, धनकुटा लगायतका जिल्लाका किसान तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।