ताप्लेजुगं र पाँचथरका पहिरो पिडितहरुलाई इसाई समाज कोशी प्रदेशले एनसीआरएस को सहकार्यमा फाइवर सिरक वितरण गरेको छ । 

कुइक रेषक्यु टिमका स्यमसेवकको सहयोगमा ताप्लेजुगंको सिदिङवा गाउँपालिका र पाँचथरको फालेलुङ गाउँपालिका क्षेत्रका पहिरो पिडितहरुलाई राहत स्वरुप फाइवर सिरक वितरण गरिएको हो । इसाई समाज कोशी प्रदेशका अध्यक्ष विक्रम वर्णवासले ताप्लेजुगंको सिदिङवाका एक सय ७४ वटा र पाँचथरको फालेलुगंका एक सय ४५ वटा फाईवर सिरक वितरण गरिएको जानकारी दिए । उनले जनप्रतिनिधिहरुको उपस्थितीमा दुवै स्थानमा सिरक वितरण गरिएको समेत जानकारी गराए । 

इसाई समाजका साथै विभिन्न संघसंस्थाहरुले ताप्लेजुगं ,पाँचथर ,संखखुवासभा लगायतका ठाउँहरुमा विपदमा परेकाहरुलाई टहरा समेत निर्माण गरी सहयोग गर्दै आएका छन ।