सर्पदंशका विरामीलाई स्वास्थ्य संस्थामा लैजान ढिलो गर्नु नहुनेमा जोड दिदै इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा जनचेतना अभिवृद्धि कार्यक्रम आयोजना गरिएको छ । 

सामुदायिक सर्पदंश उपचार सेवा केन्द्र इटहरीले आयोजना गरेको सर्पदंश सम्वन्धी जनचेतना अभिवृद्धि  कार्यक्रममा सर्पले टोकेपछि घरेलु उपचार तथा झारफुकका नाममा स्वास्थ्य संस्था लैजान ढिलो गर्नु नहुनेमा जोड दिएको हो । विषालु सर्पले टोकेको अवस्थामा विरामीलाई समयमै सर्पदंशको उपचार हुने स्वास्थ्य संस्थामा नलगिए मृत्यु समेत हुने गरेको सर्पदंश सम्वन्धी जनचेतना अभिवृद्धि कार्यक्रमका सहजकर्ताद्धय पूर्वाञ्चल विश्वविद्यालयका उपप्राध्यापकद्धय सरिता खतिवडा र दिक्षा पौडेलले वताए ।

उनीहरुले सर्पहरु विषालु र अविषालु हुने हुदाँ विषालु सर्पको टेकाइको समयमा उपचार नभएर विरामीको ज्यान जाने तर्फ मध्यनजर गर्दै समयमै सर्पले टोकेको उपचार हुने स्वास्थ्य संस्थामा लैजानु पर्ने सहभागीहरुलाई जानकारी गराए । गर्मीयाममा सर्प प्रभावित मानिसहरुको संख्या बढी हुने गरेको तर्फ मध्यनजर गर्दै  सर्पदंशबाट बच्ने साथै सर्पदंश उपचार केन्द्रमा लैजाने लगायतका विषयमा समेत उनीहरुले सहजिकरण गरेका थिए । सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीका उपाध्यक्ष राजु थापाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्वर १का वडाध्यक्ष रतन कार्कीको प्रमुख आतिथ्य रहेको जनचेतना अभिवृद्धि कार्यक्रम भएको थियो  ।

सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीका उपाध्यक्ष थापाले सर्पले टोके पैसा खोज्नका लागि समय नफाली केन्द्रमा ल्याउन आग्रह गरे । उनले पैसा नभएकाहरुलाई समेत केन्द्रले उपचारमा सहयोग गर्ने जानकारी गराए । 

कार्यक्रममा इटहरी वडा नम्बर १मा रहेका विभिन्न टोल विकास संस्थाका प्रतिनिधि ,स्थानीयवासीको सहभागिता रहेको थियो नारी सृजना कुञ्ज नेपाल र इटहरी उपमहानगरपालिका वडा नम्बर १को सह आयोजना रहेको सो कार्यक्रममा नेपाली सेनाको कृष्णदल गण निमित्त मेजर गणपति रुपेश चापागाई , सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीका कोषाध्यक्ष उदय सुब्बा नारी सृजना कुञ्ज नेपालकी अध्यक्ष प्रतिक्षा अधिकारी , सचिव सृजना अधिकारी इटहरी उपमहानगरपालिका वडा नम्बर १का सचिव सुरेश कार्की  लगायतका अतिथीहरुको उपस्थित  रहेको थियो ।