राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल सुन तस्करको ट्रान्जिट बनिरहेको दाबी गरेका छन् । 

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले डेढ क्वीटल सुन विमास्थलबाट बाहिरिनु सामान्य विषय नरहेको बताएका छन् । उनले समाजलाई ठीक दिशामा ल्याउनको लागि उक्त प्रकरणको जरासम्म पुग्नुपर्ने बताएका छन । भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा पनि सरकार जरासम्म पुग्न उद्धत नरहेको उनले जिकिर गरे ।

सांसद लिङदेनले सुन तस्करीको सूचना दिने स्रोतले कोको संलग्न छ भन्ने खुलाउन सक्ने बताएका छन् । उनले कसैलाई देखाउनकै लागि यो सुन पक्राउ गरेको आरोप लगाएका छन् । उनले नेपाल सुन तस्करको ट्रान्जिट बनिरहेको समेत बताएका छन् ।