तराईका जिल्लामा अहिले डेगुको संक्रमण महामारीका रुपमा फैलिएको छ । त्यसमा पनि धरान पछिल्लो समय डेन्जरजोनभित्र परेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगु संक्रमण विरामीको चाप थामिनसक्नु छ, फाट्टफुट्ट अन्य ठाउँका विरामी भएपनि अधिकांश धरानका हुने गरेका छन् ।  धरानमा डेंगु संक्रमणकै कारण ६ जनाको मृत्यु भइसकेको छ । चार जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको हो भने २ जनाको अन्य स्थानमा मृत्यु भएको धरान उपमहानगरपालिका अन्तर्गत स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाका अनुसार साउन ८ गतेसम्मको तथ्यांक अनुसार १ हजार ९ सय ३ जना डेगु संक्रमण विरामी फेला परेका छन् । धरानका अन्य वार्डको तुलनामा चारवटा वडामा बढी संक्रमित भएको पाइएको छ । धरान ११ ,१५, १६ र १८मा बढी संक्रमित भेटिएको महाशाखाले जनाएको छ ।

े नियन्त्रणका प्रयासका लागि उपमहानगरपालिकाले फगिङगर्ने, लार्भा नष्ट गर्ने अभियान अन्तर्गत सर्च एण्ड डिस्टूोयलाई सक्रियताका साथ अगाडि बढाए पनि डेंगु संक्रमणको संख्या घट्नुको सट्टा अझ बढेर गएको पाइएको छ । उपमहागरपालिकाले जति सचेतनात्मक कार्यक्रमलाई अगाडि बढाए पनि सर्वसाधारण सचेत नभएकै कारण डेंगु संक्रमणको संख्या बढ्दै गएको बताएको छ । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले सर्वसाधारणलाई सचेत हुन आग्रह गर्नुभएको छ । डेंगु नियन्त्रणमा सर्वसाधारण सचेत नभएसम्म नियन्त्रण नहुने भन्दै उहाले यस्तो आग्रह गर्नुभएको हो ।Dengue  (1)

धरान वरिपरि ६५ प्रतिशत वन जंगल रहेको र जंगलमा भएको रुखको टोड्कामा जमेको पानी, घरमा जम्मा गरेको पानीका साथै डेूनमा फोहोर भएका कारण डेंगु संक्रमण बढेको पाइएको धरान उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहता बताउनुहुन्छ ।

धरानमा डेंगु महामारीको रुपमा फेलिएपछि वीपी कोराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै ‘डेंगु डेडिकेटेड अस्पताल’ सञ्चालनमा ल्याएको छ ।   प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारमा आउने विरामी मध्ये ५० प्रतिशत डेंगुका विरामी आउन थालेपछि प्रतिष्ठानले तत्कालको लागी ५० वेडको ‘डेंगु डेडिकेटेड अस्पताल’ सञ्चालनमा ल्याएको हो ।  धरान उपमहानगर पालिकाको सहकार्यमा प्रतिष्ठानले सुरु गरेको जी.ओ.पी.डी. भवन अगाडि छुट्टै डेंगु क्लिनिकमा आउने विरामीहरु  मध्ये ७० प्रतिशतमा डेंगु  सक्रमण देखिन थालेपछि कोभिड अस्पतालमा  ५० वेडको  ‘डेंगु डेडिकेटेड अस्पताल’  सञ्चालनमा ल्याएको हो । Dengue  (2)

डेंगु बिरामीको चाप बढ्दै गएपछि प्रतिष्ठानको आकस्मिक कक्षमा धान्न नसकेपछि अस्पतालले छुट्टै डेंगु अस्पताल सञ्चालनमा ल्याइएको मेडिसिन विभागका प्रमुख  प्रा.डा रविन मास्केले बताउनुभयो ।  उहाँले उपचारका लागि आएका डेंगुका विरामीहरु मध्ये सिकिस्त विरामीहरुलाई आई.सि.यू., इमर्जेन्सी र अन्य वार्डहरुमा राखेर उपचार गरिने गरेको बताउनुभयो । Dengue  (3)

अति सिकिस्त वाहेकका स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने डेंगुका बिरामीहरुलाई ‘डेंगु डेडिकेटेड अस्पताल’भर्ना गरी उपचार गरिने  प्रतिष्ठानले जनाएको छ । कोभिड अस्पतालमा संचालनमा ल्याइएको डेंगु वार्डमा विरामीको चाप र आवश्यकतालाई मध्यनजर गरी भविष्यमा वेड क्षमता विस्तार एवम सघन उपचार सेवा (आइ.सि.यू)समेत थप गर्दै लाने  प्रतिष्ठानले जनाएको छ ।