धनकुटा । नेपाल तरुण दल धनकुटाले निःसाहाय बालबालिकालाइ खाद्यान्न सहित शैक्षिक सामाग्री वितरण गरेको छ । 

 ४१ औं विपी स्मृति दिवसको अवसर पारेर श्रीपञ्चमी पार्कस्थित वाल पुनस्थापना केन्द्रका निःसाहाय बालबालिकाहरूलाई सामाग्री वितरण गरि सहयोग गरिएको हो ।

पुनस्थापना केन्द्रमा भएका १५ जना बालबालिकालाई शैक्षिक सामग्री र खाद्यान्न वितरण गरिएको तरुण दलका केन्द्रिय सदस्य तिलकबहादुर महतले जानकारी दिनुभयो । उक्त कायक्रममा नेपाली कांग्रेस धनकुटाका अध्यक्ष दिनेश राई, सचिव विजय सन्तोषी राई र विकास घिमिरे, तरुण दलका केन्द्रिय सदस्य तिलकबहादुर महत, जिल्ला अध्यक्ष युवराज पराजुली लगायतको उपस्थिति रहेको थियो ।