इटहरी  ।  नरबहादुर कर्मचार्यको १० औ स्मृति दिवसको अवसर पारेर मङ्गलबार सुनसरीको इटहरीमा  सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ । नरबहादुर कर्मचार्यको स्मृतिमा संचालन गरिएको नरबहादुर समृती प्रतिष्ठानद्वारा संचालित  वहुप्राविधिक शिक्षालयका विद्यार्थीहरु, प्रतिष्ठानका पदाधिकारी लगायतको सहभागीतामा  कार्यक्रममा  इटहरी  अस्पताल देखि राधाकृष्ण मन्दिर आसपासका क्षेत्रमा  सरसफाइ गरि १० औ स्मृति दिवस मनाएको हो ।IMG_20230725_082148 स्वर्गीय नरबहादुर कर्मचार्यले आफ्नो जिवनकालमा विभिन्न सामाजिक क्षेत्रमा दिएका महत्त्वपूर्ण योगदानको स्मरण गर्दै  हरेक वर्ष नरबहादुर स्मृति दिवस मनाइदै आएको छ । १० औ नरबहादुर कर्मचार्य स्मृति दिवस कार्यक्रम स्वर्गीय नरबहादुर कार्मचार्यको फोटोमा माल्यार्पण गरेर सरसफाइ सुरु गरेको हो । उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष निर्मल बराल , नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानका सल्लाहकार अनिता परियार लगायत लगायतको सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । प्रतिष्ठानका सह– सचिव डाक्टर खगेन्द्र ओलिले जानकारी दिए ।IMG_20230725_081013 नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानद्वारा सहुलियत दरमा सिभिल इन्जिनियरिङ , होटेल म्यानेजमेन्ट , बालिविज्ञान , कृषि लगाएतका प्राविधिक तथा अन्य विषयहरुमा विगत लामो समयदेखि अध्यापन गरिइदै आएको छ । स्वर्गीय नरबहादुर कर्मचार्यको योगदानको स्मरण गर्दै ट्रस्टले समय समयमा विभिन्न सामाजिक गतिविधि आयोजना गर्दै आएको छ । नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानद्वारा संचालित बहु प्राविधिक शिक्षालयमा पुर्वी क्षेत्रका ३सय ५० बढी विद्यार्थीहरुले पठनपाठन गर्दै आएका छन् भने  फार्मेसी शिक्षा पनि चाडैं पठन पाठन हुने जानकारी दिए  ।