इटहरी । सर्पदंशका विरामीको समयमै उपचार नभए मृत्यु समेत हुने तर्फ मध्यनजर गर्दै उपचारका लागि स्वास्थ्य संस्थामा लैजानु पर्नेमा जोड दिदै सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीले मोरगंको मृगौलियामा सचेतना कार्यक्रमको आयोजना गरेको छ ।
सुन्दरहरैचा नगरपालिका वडा नम्बर २ मृगौलिया क्षेत्रमा यस सर्प प्रभावित मानिसहरुको संख्या बढी रहेको तर्फ मध्यनजर गर्दै सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीले सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
गर्मीको समयमा र वर्षायाममा पानी जमिनको सतहमा जम्न थालेपछि सर्पहरु वाहिर आउने र मानिसहरुलाई टोक्ने क्रमपनि बढी हुने गरेको तर्फ मध्यनजर गर्दै सर्पको टोकाईबाट बच्ने सर्पले टोकि हाले प्राथमिक उपचार के गर्ने , सर्पदंश उपचार सेवा केन्द्रमा लैजानु पर्ने लगायतका सर्पदंश सम्वन्धी विभिन्न विषयमा पूर्वाञ्चल विश्वविद्यालयका उपप्राध्यापकद्धय सरिता खतिवडा र दिक्षा पौडेलले सचेतना मुलक सहजिकरण गरेका थिए ।
नारी सृजना कुञ्ज नेपाल ,सुन्दरहरैचा नगरपालिका वडा नम्बर २ र देवता आधाभुत विद्यालय सुन्दरहरैचा २ पथरघटटाको सहआयोजनामा रहेको सचेतना कार्यक्रम सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीका उपाध्यक्ष राजु थापाको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिका वडा नम्बर २का वडाध्यक्ष विवस प्रधानको प्रमुख आतिथ्यमा भएको थियो ।
सचेतना कार्यक्रममा स्वमसेवीका , स्थानीय समाजसेवी , विभिन्न संघसंस्थामा आवद्धहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीका सचिव सचिन पोखरेल , कोषाध्यक्ष उदय सुब्बा सुन्दरहरैचा नगरपालिका वडा नम्बर २का निवर्तमान वडाध्यक्ष डोरीलाल चौधरी नारी श्रृजना कुञ्ज नेपालकी अध्यक्ष प्रतिक्षा अधिकारी ,सचिव श्रृजना अधिकारी लगायतको सहभागिता रहेको थियो ।




















