इनरुवा।  केही महिना अघि आयुर्वेद अस्पताल निर्माणका लागि जग्गा दिने घोषणा गरेका नेपाली काँग्रेस सुनसरी सभापति केदार भण्डारीले आफनी श्रीमतीको नाम रहेको ५ कठ्ठा ७ धुर जग्गा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र इनरुवालाई दिएका छन ।

आफनै भवन नभएका कारण जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भाडामा घर लिएर सञ्चालन भई रहेको तर्फ मध्यनजर गर्दै इनरुवा नगरपालिका प्रमुख समेत रहेका भण्डारी आफनो परिवारका नाम रहेको जग्गा उपलव्ध गराउने घोषणा केही महिना अघि गरेका बमोजिम जग्गा पास गरिएका हुन  । नगरप्रमुख भण्डारीकी श्रीमती विन्दु पौड्यालको नाममा रहेको साविक मधेशा ८क कित्ता नम्बर ६१३को ५कठ्ठा ७ धुर हाल इनरुवा वडा नम्बर ५मा रहेको जग्गा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र इनरुवाको नाममा पास गरिदिएका हुन । भण्डारीले आयुर्वेद अस्पताल सहित अन्य सामाजिक सेवाका क्षेत्रमा प्रयोग गर्ने गरी १९ कठ्ठा जग्गा आफनो परिवारका तर्फबाट उपलव्ध गराउने घोषणा गरेका थिए । त्यस मध्ये पहिलो चरणमा आयुर्वेद स्वास्थ्य केन्द्रलाई जग्गा पास गरिएको र बाँकी योजनाहरु समेत क्रमश गर्ने जानकारी दिए ।

भण्डारी परिवारले जग्गा पास गरिदिएपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनका लागि वडाले सिफारिस दिनु पर्ने व्यवस्था अनुसार वडा नम्बर ५ बाट वडाध्यक्ष अनिल पोखरेलले सिफारिस पत्र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र इनरुवा प्रमुख डाक्टर सञ्जीव कुमार यादवलाई हस्तान्तरण गरे ।