पाँचथरको कुम्मायक गाउँपालिकाले किसानलाई बेसारको बिउ अनुदानमा उपलव्ध गराउने भनेर गत आर्थिक वर्षमा खरिद गरे पनि बितरण  नगर्दा  बोरामै उम्रिएको अवस्थामा फेला परेको छ ।

किसानलाई वितरण गर्नका लागि भनेर गत आर्थिक वर्ष ७९/८०मा ३ लाख ४० हजार ४० रुपैयाँमा खरिद गरेको १ सय २० मन बेसार मध्ये ३५ बोरा बेसारको बिउ बोरामै उम्रिएको पाइएको हो । गाउँपालिकाले मसला बाली पकेट कार्यक्रम अन्तरर्गत बेसारको बिउ बितरण गर्न खरिद गरेको थियो । तर किसानलाई सिजनमा बितरण गर्नु पर्ने बेसारको बिउ खेती लगाउने सिजन वितरण नगरिएका कारण उम्रिएको किसानहरु गुनासो गर्दछन ।

गाउँपालिकाले खरिद गरेको ठुलो परिमाणमा बेसारको विउ केही किसानलाई बितरण गरेको थियो ।  बाँकी ३५ बोरा बेसारको बिउ व्यवस्थापन गर्न नसक्दा खेरजाने अवस्थामा पुगेको छ । पालिकाले खरिद गरेको बेसारको बिउ रोप्नु पर्नेमा अलपत्र अवस्थामा बारीमा छोड्नाले विउ काम नलाग्ने अवस्थामा पुगेको अर्का स्थानीय किसान अमर थापाले बताए । 

गाउँपालिकाको कृषि शाखाले भने किसानले लागत साझेदारीमा बेसारको बिउ बितरण गर्न सुचना प्रकाशित गरे पनि नलगेका कारण बेसारको विउ विग्रने अवस्थामा पुगेको शाखाका प्रमुख सविन खतिवडाले जानकारी दिए ।

बेसार रोप्ने समयमा गाउँपालिकाले बेसारको बिउ बितरण गर्न नसक्दा बेसारको बिउ खेरजाने अवस्थामा पुगेको हो ।