सुन्दर , सफा नगर वनाउने अभियान सञ्चालन गर्दै आएको बराहक्षेत्र नगरपालिका क्षेत्रमा साप्ताहिक रुपमा शनिवार गरिने सरसफाई अभियानमा नगरप्रमुख रमेश कार्की आफै सक्रिय रुपमा सहभागिता जनाउदै आएका छन ।

सरसफाई अभियान अन्तरगत चतराधाम क्षेत्रमा नगरप्रमुख कार्की समेतको सहभागितामा असरसफाइ गरिएको हो । सो क्रममा वराहक्षेत्र नगरपालिका वडा नम्बर  १ चतराधाममा रहेको वस पार्क , चतरा बजार , औलिया मठ परिसर लगायतका क्षेत्रमा सरसफाई गरियो । नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा गरिएको सरससफाई कार्यक्रममा स्थानिय जनप्रतिनिधि ,वुद्धिजिवी  व्यपारी , राजनितिक दलका नेताहरु, वराहक्षेत्र सचेत समुह  , नगर प्रहरी लगाएको सहभागिता रहेको थियो । धार्मिक पर्यटकीय क्षेत्र चतराधाममा आउने पर्यटक तथा बोलबम मेलालाई लक्षित गरेर सरसफाइ कार्यक्रम आयोजना गरिएको नगर प्रमुख कार्कीले जानकारी दिए ।

सरसफाई कार्यक्रमलाई नियमित , प्रभावकारी बनाएर लैजाने समेत उनले वताए । वराहक्षेत्रलाई सुन्दर र सफा नगरको रुपमा विकास गर्ने लक्ष्य सहित नगरपालिकाको सक्रियतामा स्थानीय समेतको सहभागितामा सरसफाई अभियान सञ्चालन हुँदै आएको छ  ।