इटहरी । प्राविधिक विषय तर्फ डिप्लोमा इन सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ पठनपाठनका कारण पूर्व क्षेत्रमा आफनो छुट्टै पहिचान वनाउन सफल सुनसरीको इटहरीमा रहेको सुषमा गोदावरी कलेजमा विद्यार्थीको आकर्षण बढेको छ ।

विगत १८ वर्ष देखि डिप्लोमा इन सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ पठनपाठनका गराउदै आएको सुषमा गोदावरी कलेजमा यस वर्ष पनि इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले रुचि वढी देखाएको वताइएको हो ।

कलेजका इन्जिनियरिङ विषयका कोर्डिनेटर इन्द्रकमल श्रेष्ठले इटहरीमा पहिलो इन्जिनियरिङ विषय अध्ययन गराउने कलेजका रुपमा परिचित सुषमा गोदावरी कलेजमा अध्ययन गरेरका सिभिल तथा कम्प्युटर इन्जिनियरिङका १५ सय विद्यार्थी विभिन्न क्षेत्रमा राम्रो काम गरिरहे समेत वताए ।vlcsnap-2023-07-23-10h39m40s184

विद्यार्थीलाई विभिन्न किसिमका छात्रावृत्ति , उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान समेत कलेजले गर्ने गरेको समेत कोर्डिनेटनर श्रेष्ठले जानकारी दिए ।vlcsnap-2023-07-10-11h57m47s385 1

सुषमा गोदावरी कलेजमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ बाहेक होटल मेनेजमेन्ट ,बि एस सी सि एस आइ टी लगायतका विषय पठनपाठन गराउदै आएको छ । यसका साथै एमविविएस अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि तयारी कक्षा समेत सञ्चालन समेत गर्दै आएको छ ।