इटहरी । सरसफाई सहित वृक्षारोपणलाई महत्व दिदै आएको  बुल्स ऐलेभेन क्लव इटहरीले इटहरी मुख्य चोक क्षेत्र उत्तरमा आफुहरुले नै लगाएका विरुवाहरुको  गोडमेल गरेको छ ।

   इटहरीको मुख्य चोक उत्तर तर्फ किमाथाँका रानी सडक क्षेत्रमा केही महिना अघि बुल्स ऐलेभेनको सक्रियतामा रोपिएका विरुवाहरु गोडमेल गर्ने कार्यमा कसैले ध्यान नदिएपछि बुल्स ऐलेभेनले नै गरेको हो ।WhatsApp Image 2023-07-22 at 09.38.13

   किमाथांका रानी सडक खण्डको यो क्षेत्रको दुई तर्फी सडकको विचमा छुट्याइएको विरुवा तथा फूल लगाउने क्षेत्रमा लगाइएको फुल तथा विरुवाहरु संरक्षणका लागि गोडमेल गर्ने काम गरिएको बुल्स ऐलेभेनका उपाध्यक्ष रामु राईले वताए । उनले यो क्षेत्रको सौन्दर्यकरण र शितलताका लागि वृक्षारोपण गरिएको समेत उनले जानकारी दिए ।

बुल्स ऐलेभेनले इटहरीका विभिन्न ठाउँहरुमा सरसफाई तथा वृक्षारोपण गर्ने कार्य गर्दै आएको छ ।WhatsApp Image 2023-07-22 at 09.38.12