राजमार्ग आसपास हाटबजार व्यवस्थापन गरीएसँगै कोशी प्रदेशमा सवारी दुर्घटनामा कमी आएको छ ।

सुनसरीका झुम्का,लौकही लगायत मोरङका ढाँटजस्ता क्षेत्रमा लाग्ने हाट बजारलाइ मुख्य बजार भन्दा अन्यत्र व्यवस्थापन गरीएपछी दुर्घटनामा कमी आएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफीक व्यवस्थापन कार्यलय इटहरीले जनाएको छ ।

आर्थीक वर्ष २०७९र८० का ट्राफीक गतीवीधी तथा वार्षीक कार्यक्रमको समीक्षा गर्न आयोजीत पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराइएको हो । ट्राफीक सप्ताह कार्यक्रम सञ्चालन भइरहेको समय लागु औषध सेवन गरी सवारी साधन चलाएको थाहा पाउने गरी कोशी प्रदेशमा ट्राफीकले ला प से चेकीङ सुरु गरेपछी हालसम्म ६२ जना चचालकको ला प से परी क्षण गर्दा २६ जनाले लागु पदार्थ सेवन गरीएको पाइएको पनी ट्राफीक प्रहरीले जानकारी दीएको हो । कोशी प्रदेशमा गत आर्थीक वर्षको तुलानामा ८ दशमलव ११ प्रतीसतले दुर्घटनामा कमी आएको ट्राफीक प्रहरीको तथ्याङक छ । आर्थीक वर्ष २०७८र७९  मा ३ हजार ८ सय २० सवारी दुर्घटना भएकोमा सो संख्या घटेर ३ हजार ५ सय १० पुगेको छ । यस्तै मानीसको मृत्युदर पनी २२ दशमलव ४१ प्रतीशतले घटेको हो । कारवाही वापत चालु आर्थीक वर्षमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफीक व्यवस्थापन कार्यलय इटहरीले रु २० करोड ७ लाख ३५ हजार ५ सय रकम संकलन गरेको हो । सवारी व्यवस्थापन तथा दुर्घटना न्युनीकरणका लागी कोशी प्रदेशमा चालु आ व मा सी सी टी भी सहीतको राडर गन,३७ स्थानमा पार्कीङ व्यवस्थापन,१ सय ११ स्थानमा पकेट पार्कीङ व्यवस्थापन जस्ता सुधार गरीएको सो अवसरमा जानकारी गराइएको हो ।

यस्तै,ट्राफीक सप्ताह बिचमा ४ हजार ७ सय ८१ कर्यक्रम मार्फत १ लाख ४० हजार ८ सय ८२ जनालाइ ट्राफीक नीयमबारे जानकारी गराइएको,३९ हजार ४६ जनालाइ लेन अनुसासन प्रशिक्षण तथा १ हजार ९ सय २० जनालाइ कारवाही गरीएको पनिी जनाइएको छ । ७ कीलोमीटर अनावश्यक खुल्ला डीभाइडर बन्द गरी ४० थान कन्भेक्स मीरर जडान गरी दुर्घटना न्युनीकरण गर्न सफल भएको कार्यलयले जनाएको छ । बिगत १० वर्षदेशी कोशी प्रदेशमा दुर्घटना संख्या बढीरहेकोमा यस आर्थीक वर्षमा भने अनुपातको हिसावले ६ हजार ८ सय ७६ दुर्घटना संख्या पुग्नेमा ३ हजार ५ सय १० वटा दुर्घटना घटेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफीक व्यवस्थापन कार्यलय इटहरीले जानकारी दीएको होे ।