धनकुटा । राष्ट्रिय सेवा दलले एन सी सी क्याडेट छात्र छात्राहरुलाइ प्रथम प्रबचन कार्यक्रम आयोजना गरेको छ । 

 धनकुटा जिल्ला स्थित श्री तमोर भ्याली सेकेन्डरी बोर्डिङ्ग स्कुल र श्री बाल संसाल सेकेन्डरी बोर्डिङ्ग स्कुलका ७२ जना छात्र÷छात्राहरुलाई छनौट गरी प्रथम प्रबचन कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रमका प्रमुख अतीथी समेत रहेका श्री भीमदल गणका गणपति प्रमुख सेनानी  सुमन थापाबाट प्रथम प्रवचन भएको थियो । एन सी सी तालिम संचालनको लागि विद्यालय छनौट गर्ने क्रममा निजी तथा सरकारी  विद्यालयहरुलाई आवश्यकता बमोजिम समानुपातिक तवरले छनौट गर्ने गरिएको जनाइएको छ ।WhatsApp Image 2023-07-17 at 19.04.42 (5)

हाल देशका ७७ वटै जिल्लाहरुमा एन सी सी आलुम्नी एसोसीएसन नेपाल जिल्ला कार्य समिति गठन भई उक्त संगठनले विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा मानवीय सेवामा परिचालन, विपदको समयमा स्वयं सेवकको रुपमा परिचालन, रक्तदान कार्यक्रम, वृक्षारोपण, मन्दिर तथा ताल तलैया सरसफाई लगायत जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको जनाइएको छ ।

WhatsApp Image 2023-07-17 at 19.04.42 (10) श्री राष्ट्रिय सेवा दल पुर्बी तालिम शिक्षालय याङ्गशिला मोरङ्गद्धारा सि.स.४९ जुनियर डिभिजन एन सी सी तालिम मिति आजबाट संचालन भएको छ । 

युवाहरुलाई अनुशासित बनाउने, युवाहरुमा ईमान्दारिता तथा बफादारिताको भावनाको विकास गराउने, युवाहरुमा राष्ट्रियताको भावनाको विकास गर्ने, युवाहरुमा नेतृत्व क्षमताको विकास गर्ने, र विपदको समयमा उद्धार तथा राहत कार्यमा स्वयं सेवकको भुमिका निर्वाह गर्न सक्ने असल तथा अनुशासित नागरिक बनाउने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।