इटहरी । इटहरी बजार क्षेत्रमा रहेका होटल तथा स्वीट हाउस हरुमा अखाद्य वस्तु प्रयोग गरी बनाइएका खाद्य सामाग्रीको बढ्दो विक्री वितरणले उपभोक्ताको स्वास्थ्यमा पर्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले अनुगमन गरेको छ । 

 म्याद गुज्रिएका खाद्य वस्तु बिक्री वितरणले उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालीकाले बजार अनुगमनलाई निरन्तरता दिदै आएको हो । 

स्थानीय साथै इटहरी भएर दैनिक आवतजावत गर्ने उपभोक्तहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले बजार क्षेत्रका मिष्ठान पसल , मासु पसल र होटलहरुको अनुगमन गरेको छ ।

इटहरी उपमहानगरपालीकाका मेयर हेमकर्ण पौडेल , उपमेयर संगिता कुमारी चौधरी लगायत उपभोक्ता संरक्षण मञ्च ,खाद्यन्न प्रतिनिधि, प्रहरी तथा पत्रकारहरुको संयुक्त टोलीले बजार क्षेत्रको अनुगमन गरिएको हो ।WhatsApp Image 2023-07-17 at 17.56.12

मासु पसल अनुगमन गर्ने क्रममा केही पसलमा खराब भएका मासु बिक्री वितरण गर्ने पाइएको पसललाई तालाबन्दी गरी थप आवश्यक प्रकृया अगाडी बढाइएको इटहरी उपमहानगरपालीकाकी उपप्रमुख चौधरीले बताइन । एक प्रकारको व्यवसाय गर्ने भनी दर्ता गरेर फरक कीसीमको व्यवसाय सञ्चालन गरिएको पाइएको उनको भनाइ छ । 

अनुगमनका क्रममा केही मिष्ठान पसलहरुले बासी, अस्वस्थकर मिठाइहरु राखिएको पाइएको छ ।

 साथै मासु पसलहरुमा कुहिएको , ढुसी परेको मासुहरु फिजमा पाइएको छ ।

सचेतनामुलक उक्त अनुगमनका क्रममा अनुगमन टोलिले विभिन्न पसल सञ्चालकहरुलाई नियम सङगत रुपमा पसल सञ्चालन गर्न चेतावनी समेत दिएको छ  ।WhatsApp Image 2023-07-17 at 17.57.10

तालाबन्दी गरिएको मासु पसल सञ्चालकलाई इटहरी उपमहानगरपालिकामा उपस्थित हुन पत्र काटिएको छ ।

उक्त खाद्यहरुको मिति सकिएको वस्तुहरुलाई जफत गरि नष्ट गरिएको  हो ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पहिलो चोटी खान योग्य नभएका खाद्य सामाग्री,मासु बिक्री वितरण गर्ने व्यवसाय सञ्चालकलाई सचेत गराउने र पटकपटक नगरको निर्देशन अवज्ञा गर्ने व्यवसायीलाई कानुन सम्मत कारवाही गर्ने बताए ।

इटहरी उपमहानगरपालीकाले पसल तथा होटलहरुको अनुगमन गर्ने क्रममा अखाद्य वस्तु तथा दर्ता प्रकुया विपरित सामान प्याकेजिङ समेत गरेर बिक्री वितरण गरेको पाएमा पसलहरुलाई ५ हजार देखी ५० हजारसम्म जरिवाना असुल गर्ने नियम रहेको  छ ।