इटहरी । इटहरी नगर क्षेत्रमा घर निर्माण गर्दा इटहरी उपमहानगर पालिका आफैले न्यूनतम दस्तुरमा घर नक्सा निर्माण गरीदिने गरी सेवा सुरु गरेको छ । 

इटहरी उपमहानगर पालिकाको कार्यलय परिसरमा घर नक्सा निर्माण शाखा स्थापना गरी नगरले आफैले न्यूनतम दस्तुर लिएर घर नक्सा निर्माण गरिदिने गरी सेवा सुरु गरेको हो । 

इटहरी उपमहानगर पालिकाको एक सय २९ औँ कार्यपालिका बैठकको निर्णयलाई कार्यन्वयन गर्दै नगरले उक्त शाखाबाट सम्पुर्ण कार्य हुनेगरी घर नक्सा निर्माणका कार्य साउन १ गते देखी सुरु गरेको हो । घरनक्सा निर्माण प्रकृया अन्तरगत एक हजार वर्ग फिट सम्मको भुइतला घर नक्सा निःशुल्क,१५ सय वर्ग फिटको  ५ हजार ,सो भन्दा माथी तला थप भएमा प्रती तला एक हजारका दरले शुल्क थप हुने गरी शुल्क निर्धारण गरिएको छ ।

 सेवा प्राप्त गर्ने प्रकृया अन्तरगत घरधनीले आवश्यक कागजात सहित निवेदन दिनुपर्ने र निवेदन माथी शाखा प्रमुखको तोक आदेश भएपछी सेवा ग्राहीले तिर्नुपर्ने शुल्कको अग्रिम ५० प्रतिशत शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । WhatsApp Image 2023-07-17 at 19.16.24 (1)

सो शाखामा ड्राफ्ट म्यान ५ जना,अमिन एक र कार्यलय सहयोगी १ जना गरी जनशक्ती व्यवस्थापन गरिएको छ । 

पालिकामा प्रविधिमैत्री एकद्धार प्रणाली मार्फत सुचारु गरिएको घरनक्सा निर्माणको कार्यले नगरवासीलाई सहज हुने पहिलो पटक नगरपालीकाको घरनक्सा शाखाबाट नक्सा बनाउन आएकी पहिलो सेवाग्राही तारा खड्काको भनाइ छ ।

नागरिकलाई सर्वसुलभ छिटोछरितो विना झन्झट सेवा प्रदान गर्ने उद्धेश्यले सेवा सुरु गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । उनले नागरिकका लागि झन्झटिलो रहेका अन्य सेवालाई समेत सहज वनाउदै झन्झट रहित पालिका वनाउदै जाने समेत वताए । WhatsApp Image 2023-07-17 at 17.56.51

इटहरी नगरप्रमुख  पौडेलले उक्त शाखा प्रमुखलाइ ल्यापटप हस्तान्तरण गर्दै उद्घाटन गरेका हुन । सो अवसरमा नगर पालिकाको घरनक्सा शाखाबाट नक्सा बनाउन आएकी पहिलो सेवाग्राही तारा खड्कालाई सम्मान समेत गरिएको हो । 

उक्त उद्घाटन कार्यक्रममा नगर उपप्रमुख संगीता कुमारी चौधरी,प्रमुख प्रसासकीय अधीक्रीत राम चरीत्र मेहता,वडा अध्यक्ष,कार्यपालीका सदस्य लगायत कर्मचारीहरुको सहभागीता रहेको थियो  । इटहरी उपमहानगरपालिकाले यसअघी विद्युतिय भवन अनुमती प्रणाली इविपीएस सुरु गरीसकेको छ । पालिकाहरुमा इविपीएस प्रणाली पनी देशका ७ सय ५३ पालिका मध्ये तत्कालीन अवस्थामा इटहरी सहित १४वटा पालिकामा लागु भएको हो । इटहरीमा बढ्दो जनघनत्व र घर निर्माण प्रकृयालाई व्यवस्थित गर्न इटहरी उपमहानगरपालीकाले योजना कार्यन्वयनलाई निरन्तरता दिदै अगाडी बढाइरहेको छ ।