कोशी प्रदेश सरकारले  भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा योगदान पुर्याउने श्रष्टालाई सम्मान गरेको छ । 

सामाजिक विकास मन्त्रालयले एक कार्यक्रमको आयोजना गरि  भाषा,साहित्य कला र संस्कृतिका क्षेत्रका विशेष योगदान पुर्याउने श्रष्टाहरुलाई सम्मान गरेको हो । प्रदेश सरकारको तर्फबाट गरिएको श्रष्टा सम्मान कार्यक्रममा सर्वोत्कृष्ट कला र संस्कृति सम्मानबाट प्रा.डा.सोमप्रसाद खतिवडा र सर्वोत्कृष्ट भाषा साहित्य तर्फ बमबहादुर राई देवानलाई सम्मान गरिएको हो । सम्मानीत खतिवडा र राईलाई  जनही एक लाख रासी सहित सम्मान पत्रले कार्यक्रमका प्रमुख अतिथी प्रदेशका मन्त्री तथा प्रवक्ता प्रदिपकुमार सुनुवार लगायतले सम्मान गरे । त्यसै गरी वैजयन्ती मिश्र,वसुन्धरा देवी झा, मीनकुमार श्रेष्ठ नवोदित , साजन सन्ध्या राई ,संगिता कुमारी यादव , वियोग सापकोटा लगायत १२ जनालाई जनही ५०हजार रासी सहित सम्मान पत्रले सम्मान गरिएको हो ।

सामाजिक विकास मन्त्रालयका सचिव बासुदेव दाहालको अध्यक्षता भएको सम्मान कार्यक्रममा नवोदित भाषा ,साहित्य ,कला र संस्कृति तर्फ मिलन नेपाली , मनिषा आचार्य , लगायत ५ जनालाई नगद २५हजार सहित सम्मान पत्रले सम्मान गरियो । हाल सम्म प्रदेश सरकारका तर्फबाट सम्मान कार्यविधि र निर्देशिका अनुसार मापदण्ड पुर्याएर सिफारिस गरिएका ८२ जना श्रष्टाहरुलाई प्रदेश सरकारले सम्मान गरिसकेको छ ।