इटहरी उपमहानगरपालीकाको १३ औ नगरसभाले आर्थीक वर्ष २०८० ८१ को नीती कार्यक्रम तथा बजेट अनुमोदन गरेको छ । उपप्रमुख संगीता चौधरीले प्रस्तुत गरेको आर्थीक वर्ष २०८० ८१ को निती कार्यक्रम तथा बजेट नगरसभाले अनुमोदन गरेको हो । १३ औ नगरसभाको पहीलो दीन उपप्रमुखले प्रस्तुत गरेको नीती तथा कार्यक्रमलाइ नगरप्रमुखले नीर्णयार्थ प्रस्तुत गरेका थीए । सो नीती तथा कार्यक्रमलाइ नगरसभाले अनुमोदन गरेको हो ।  इटहरी उपमहानगरपालीकाका नगर प्रमुख हेमकर्ण पौडेलको अध्यक्षतामा बसेको नगरसभामा न्यायीक समितीको वार्षीक प्रतीवेदन नगर उपप्रमुख संगीता चौधरीले प्रस्तुत गरेकी थीइन । आर्थीक वर्ष २०८० ८१ को बजेट तथा कार्यक्रममाथी उठेका प्रश्नहरुको उपप्रमुखले जवाफ दीएकी हुन । नगरप्रमुख हेमकर्ण पौडेलले बजेट नीती तथा कार्यक्रम नगरसभा समक्ष निर्णयार्थ प्रस्तुत गरेका हुन । विनीयोजन विधेयक,अर्थ विधेयक २०८० माथी सदस्यहरुको प्रश्नको जवाफ उपप्रमुख चौधरीले दिएकी हुन । यस्तै अर्थ तथा सार्वजानीक लेखा समीती गठनका लागी उपमेयरले प्रस्ताव प्रस्तुत गरेकी हुन । कार्यलय तथा कार्यपालीकाका नीर्णयहरु अनुमोदनका लागी नगरप्रमुखले नगरसभा समक्ष प्रस्ताव गरेका थीए ।