इटहरी । दाताहरुको सहयोगबाट सञ्चालन हुदै आएको इटहरीमा रहेको निःसहाय बालबालिका सेवा आश्रममा आश्रय लिने बालबालिकाहरुको संरक्षणका लागि सात समुन्द्रपारी रहेका नेपालीहरुले समेत सहयोग गर्दै आएका छन । यही क्रममा अमेरिकामा बसोबास गर्दै आएका सुनसरीको रामधुनीका कृष्ण आर्चायले पनि सहयोग गरेका छन ।

      अमेरिकामा बसोबास गर्दै आएका आचार्यले आश्रममा  एक लाख एघार हजार एक सय एघार रुपैया नगद सहित बालबालिकाहरुलाई लताकपडा लगायत सहयोग गरेका हुन ।

   आश्रमका बालबालिकाहरुलाई सहयोग गर्न अमेरिकामा वसोवास गर्ने नेपालीहरुले स्थापना गरेको लायन्स क्लव अफ क्वीन्समा रहेका  तथा आफु काम गर्ने होटलका साथीहरु समेतबाट  संकलित रकम र आफुले थप गरेर सहयोग उपलव्ध गराएको आर्चायले वताए ।WhatsApp Image 2023-07-15 at 18.11.57

वि.स.२०४४सालमा स्थापित निःसहाय बालबालिका सेवा आश्रममा दाताहरुको सहयोगले ठुलो महत्व राख्ने वताउदै आश्रमकी सञ्चालिका गिता गौतमले सात समुन्द्रपारबाट आएर समेत सहयोग उपलव्ध गराउनु भएको भन्दै खुशी लागेको वताइन ।

उनले हाल आश्रम सञ्चालनमा रहेको स्थान साँघुरो भएकाले भवन वनाउन लागिएको र भवन निर्माणमा समेत सहयोगीहरुको सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन ।WhatsApp Image 2023-07-15 at 18.11.58 1

इटहरी उपमहानगरपालिका वडा नम्बर ४मा रहेको यस आश्रममा हाल ४८ जना बालबालिकाहरुले आश्रय लिदै आएका छन । जस मध्ये कोही स्नातक र कोही स्नाकोत्तर सम्म अध्ययन गरिरहेका छन भने धेरै जसो विद्यालय तहमा अध्ययन गरिरहेका समेत छन ।

विगतमा आश्रममा आश्रय लिएका कतिपय बालबालिकाहरु विभिन्न पेशा व्यवसायमा आवद्ध भएकार जीवनयापन गरिरहेका छन ।