बिराटनगर । कोशी प्रदेशको बिराटनगरमा प्रदेश स्तरीय बिद्यालय नसिंङ कार्यक्रमको बार्षिक समिक्षा सम्पन्न भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा सम्पन्न बार्षिक समीक्षा शनिबार सम्पन्न भएको हो । कार्यक्रममा बिद्यालयमा नर्सहरुले गर्दै आएका नविनत्तम प्रयास, जुकाको औषधि वितरण, कपडाको प्याड बनाउन सिकाउने, जङ्गफ्रुट निषेध गर्न शहज, एड्स, वातावरण दिवस बिषयमा छलफल भएको थियो । त्यस्तै सचेतना कार्यक्रम सञ्चालन, किसोर किसोरी मैत्री कर्नर, शुद्ध पिउने पानीको व्यावस्था, पोषण सम्बन्धि प्रर्दशनी, पोषण कर्नर निर्माणलगायतका गतिविधि, आफ्ना समस्याहरुको बारे प्रस्तुतिकरण भएको थियो
कार्यक्रमको उद्घाटन गर्नु हुँदै विद्यालय नर्सलाई विद्यालयले पनि पेलि रहनुका साथै ओभरलोड कक्षा समेत लिन लगाउने साथै स्थानीयले पनि नर्टेने लगायतको समस्या भोग्दै आएको स्वास्थ्य मन्त्रालयका सचिव सुधा देवकोटाले बताउनु भयो ।
कोशि प्रदेशमा १४५ जना विध्यालय नर्स नियुक्ति गरेर पाँचवटा व्याज लिईसकेको र बार्षिक समिक्षा, मासिक बैठक समेत गरेर उहाँहरूका समस्या र स्थितिका विषयमा जानकारी लिई जिल्ला, पालिका र विध्यालय सँग समन्वय गरेर समस्या समाधान गर्न कोशिस गर्ने स्वास्थ्य निर्देशनालय धनकुटामा कार्यरत विद्यालय नर्सिङ् कार्यक्रम संयोजक अनामिका शर्माको भनाई छ ।
विगत चारबर्ष अगाडि देखि नै विध्यालय नर्सको कार्यक्रम कोशि प्रदेशमा सञ्चालनमा आएको छ । १४ वटै स्वास्थ्य कार्यालयहरूमा प्रत्येक बर्ष विध्यालय नर्स, शिक्षक, विध्यालय व्यावस्थापन समिति, स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारी, लगायतको उपस्थितिमा बार्षिक समीक्षा हुने गर्दछ । खानेकुराको सेवन, खोप, किसोर किसोरीहरूमा समेत कुनै समस्या उत्पन्न हुन सक्छन भन्ने उद्देश्यले समस्याको ब्यावस्थापन, समस्याबाट जोगिन र नियन्त्रण गर्न विध्यालय नर्स कार्यक्रम प्रभावकारी रहेको स्वास्थ्य निर्देशनालय धनकुटाका स्वास्थ्य निर्देशक ज्ञान बहादुर बस्नेतले बताउनु भयो ।
जिल्लाको समीक्षा र प्रदेशस्तरीय समीक्षाले आगामि दिनमा काम गर्न शहज हुने, आफ्ना समस्या देखाउने बाटो देखेको टेम्केमैयुङ गाउँपालिका वडा नम्वर १ तिम्मा स्थित तिम्मा माध्यमिक विध्यालयमा कार्यरत विध्यालय नर्स प्रकृति बन्जराले बताउनु भयो । कार्यक्रममा प्रदेशका १४ वटै जिल्लाका बिद्यालय नर्स, स्वास्थ्य कार्यालयका प्रमुखलगायतको सहभागीता रहेको थियो ।




















