नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अझैपनि भोकमरीको अवस्था रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले कतिपय गरिबीको रेखाुमनी रहेका नागरिकहरुले आधारभुत अधिकारसमेत नपाइरहेको बताए । अध्यक्ष ओलीले यसबारेमा राज्यलाई सचेत गराउनु पर्ने जनाएका छन् । उनले लोकतन्त्र साइन बोर्ड र प्रणालीमा मात्रै सिमित नभइ आचरण, व्यवहार, जीवनपद्धति र राज्यको कार्यशैलीमा हुनुपर्ने बताएका छन् ।

उनले यसका लागि राज्यका सबै तहका नागरिकहरुले झक्झक्याउनुपर्ने बताएका छन् । अध्यक्ष ओलीले अहिले पनि गरिबीको रेखामुनी ठूलो संख्या रहेकाले सबै मिलेर उनीहरुलाई आधारभुत अधिकार दिलाउनुपर्ने बताएका छन् ।