इटहरी उपमहानगरपालिकाको १३२ औं कार्यपालिका वैठकले पूर्ण खोप पालिका घोषणा गर्ने लगायतका केही निणर्य गरेको छ । उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको अध्यक्षतामा बसेको कार्यपालिका वैठकमा पूर्ण खोप पालिका घोषणा लगायतका विषयहरु छलफल र निणर्यका लागि प्रस्तुत गरिएको थियो । कार्यपालिका वैठकमा प्रस्तुत भएका विषयहरुमा कार्यपालिका सदस्यहरुले छलफल गरेका थिए । त्यस मध्ये पूर्ण खोप घोषणा लगायत केही छलफलका विषयहरु कार्यपालिकाले अनुमोदन गरेको हो । कार्यपालिका वैठकमा  भूमिहीन सुकुम्बासी ÷ अव्यवस्थित बसोवासी सेवा केन्द्र ,  आन्तरिक नियन्त्रण सम्बन्धि कार्यविधि, घर नक्सा निर्माण सेवा कार्यावधि २०८० ,लेखा समिति गठन र सन्चालन नियमावली , आम संचार माध्यममा लोककल्याणकारी सुचना वितरण सम्बन्धि कार्यविधि २०८० लगायतका विषय छलफल निणर्यका लागि प्रस्तुत गरिएको थियो । कार्यपालिका वैठकमा उपप्रमुख संगिता चौधरी , प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता , वडाध्यक्षहरु साथै  कार्यपालिका सदस्यहरुका सहभागिता रहेको थियो ।