सुनसरी ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत कोशी व्यारेजमा बस र ट्रक ठोकिदा ट्रक कोशीमा खस्न पुगेको छ । विहान अन्दाजी ८ बजेतिर पानी परिरहेको समयमा पुर्वबाट पश्चिम जादै गरेको मे १ख १७६५ नम्बरको बस र मे १ख ३००७ नम्बरको ट्रक ठाकिदा ट्रक कोशीमा खसेको हो ।

कोशीमा खसेको  ट्रकमा रहेका चालक सहित तीन जनालाई तत्काल उद्धार गरिएको सुनसरी प्रहरीले जनाएको छ । तत्काल उद्धार गरिएका कारण मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नावय उपरिक्षक राजकुमार राईले वताए ।

पवन ट्रान्सपोट काठमाडौंबाट विराटनगर र दमक औषधी ,फर्निचर , फलाम लगायतका सामान लिएर आइरहेको समयमा बस र ट्रक ठोकिदा ट्रक कोशीमा खसेको ट्रकका मालिक भोलानाथ दाहालले टेलिफोन सम्पर्कमा जानकारी दिएका छन ।vlcsnap-2023-07-14-18h42m52s202

दुर्घटनाग्रस्त ट्रकका चालक दिनेश खत्री सामान्य घाइते भएपनि दुवै सवारीमा सवार रहेका अन्य मानिसहरु घाइते नभएको समेत प्रहरी जनाएको छ । बस र ट्रक ठोकिएपछि ट्रक कोशीको १० नम्बर ढोका अगाडी दक्षिण तर्फको पुलको बार भत्काउदै कोशीमा खसेको थियो ।

दुई दिन देखिको अविरल वर्षाका कारण कोशी नदीमा पानीको सतह वढी रहेको कारण ट्रक निकाल्न समस्या भई रहेको छ । यो समाचार तयार पार्दा सम्म कोशीमा खसेको ट्रक वाहिर निकाल्न प्रयास भैरहेको छ ।