ताप्लेजुङ। बाढी पहिरोका कारण विद्युत विहीन बन्न पुगेका ताप्लेजुङको मौवाखोला क्षेत्रका स्थानीयलाई क्विक रेस्क्यु टिम नेपाल र इसाई समाज कोशी प्रदेशले प्रोटेवल सोलार बत्ती उपलव्ध गराइएको छ ।

क्विक  रेस्क्यु टिम नेपाल र इसाई समाज कोशी प्रदेशले ताप्लेजुङको मौवाखोला गाउँपालिका वडा नम्बर ४ ओदाक गाउँका ६५ परिवारलाई प्रोटेवल सोलार बत्ती उपलव्ध गराएको हो ।

    बाढी पहिरोका कारण विद्युत सेवाबाट बञ्चिल बन्न पुगेकाहरुलाई बोकेर सहज रुपमा हिड्न मिल्ने, मोवायल चार्ज समेत गर्न मिल्ने  प्रोटेवल सोलार बत्ती इटहरीबाट आएर आफुहरुले उपलव्ध गराएको क्युक रेसक्यु टिम नेपालका अध्यक्ष विक्रम एक्तेनले जानकारी दिए ।vlcsnap-2023-07-13-17h21m01s456

 सोलार बत्ती वितरण कार्यक्रममा मौवाखोला गाउँपालिका वडा नम्बर ४का वडाध्यक्ष फुर्वा शेर्पा लगायतको सहभागिता रहेको थियो ।356453343_108570392304905_7821142098039559435_n सोलार वितरणले वडा क्षेत्रका मानिसहरुलाई सहज भएको वडाध्यक्ष शेर्पा लगायतले वितरण गरेका थिए  । केही दिन अघिको बाढी पहिरोका कारण विद्युत सेवावाट बञ्चित बन्न पुगेका ओदाकवासी सोलार बत्ती पाएपछि हर्सित भएका छन ।   क्युक रेसक्यु टिम नेपालले विभिन्न समयमा विपदमा परेकाहरुलाई सहयोग गर्दै आएको छ ।  vlcsnap-2023-07-13-17h43m30s280