सवारी दुर्घटना न्युनिकरणका लागि चालकहरुले लागु पद्धार्थ सेवन गरेको नगरेको पत्ता लगाउने गरी परिक्षण सुरु गरेसंगै कोशी प्रदेशमा लागु पद्धार्थ सेवन गर्ने चालकहरु पक्राउ पर्न थालेका छन । सवारी दुर्घटनाका कारणहरु मध्य लागु पद्धार्थ र मादक पद्धार्थकोे सेवन समेत रहने गरेको तर्फ मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्पान कार्यालय इटहरी लागु पद्धार्थ सेवन परिक्षण गर्ने उपकरण प्रयोगमा ल्याएसंगै चालकहरु पक्राउ पर्न थालेका हुन । कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले २४ गतेबाट लागु पद्धार्थ सेवन परिक्षण सुरु गरे यता सुनसरीमा मात्र चार जना पक्राउ परिसकेका छन । लापसे परिक्षण सुरु गरेकै दिन इटहरीमा परिक्षण गर्दा एक जनाले सेवन गरेको पाइएको थियो भने धरानमा तीन जना सवारी चालले लागु पद्धार्थ सेवन गरेको पाइएको छ । ट्राफिक सप्ताह अन्तरगत धरानमा आयोजित सचेतना कार्यक्रमका विच सवारी चालकहरुको परिक्षण गरिएकोमा तीन जनाले लागु पद्धार्थ सेवन गरेको पाइयो । सवारी दुर्घटनाका कारणमा मापसे र लापसे समेत हुने गरेको भएपनि यस अघि मापसे मात्र परिक्षण हुदै आएको थियो । यही असार २४ गतेबाट लापसे समेत परिक्षण गर्न थालिएको छ । यही क्रममा धरानमा परिक्षण गर्दा तीन जनाले लापसे गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक श्याम बस्नेतले जानकारी दिए । विभिन्न सवारी साधन चलाउने चालकहरुको परिक्षण किट मार्फत गर्दा लापसे गरेको पाइएको निरीक्षक बस्नेतले वताए ।
धरान उपमहानगरपालिका उपप्रमुख आइन्द्र बिक्रम बेघाले सवारी चलाउदा कसैले पनि मापसे र लापसे नगर्न हुने भन्दै मापसे र लापसे गरेर सवारी चलाउदा चालकको मात्र नभएर यात्रुहरु समेत असुरक्षित हुने भएकोले जिम्मेवार भएर सवारी चलाउन चालकहरुलाई आग्रह गरे ।
कोशी प्रदेशमा लापसेको परिक्षण सुरु भए देखि ५० जना चालकहरुको परिक्षण गर्दा १८ जनाले लापसे गरेको पाइएको ट्राफिक प्रहरीको तथ्यांकमा रहेको छ । मापसे र लापसेका कारण समेत दुर्घटना बढी भई रहेको तर्फ मध्यनजर गर्दै ट्राफिक सप्ताह अन्तरगतका कार्यक्रममा मापसे र लापसे परिक्षणको विषयलाई प्राथमिकता दिएर सचेतना र परिक्षणको समेत व्यवस्था मिलाइएको थियो ।




















