इटहरी । अपागंता भएका मानिसहरुलाई सिप सहित रोजगारीका अवसरहरु खोजी गरेर रोजगारी दिलाउदै आएको द लेप्रोसी मिसन फाउण्ड परियोजनाले पुनरस्थापना र विकास मञ्च सुन्दरहरैचासंग अन्तरक्रियात्मक गोष्ठी सम्पन्न गरेको छ ।

    सुन्दरहरैचा नगरक्षेत्रका अपगता भएका मानिसहरुलाई सिप सहित रोजगारी उपलव्ध गराउने विषयमा इटहरी होटल इनटुरिष्ट प्यालेसमा छलफल आयोजना गरिएको हो ।

 पुनरस्थापना र विकास मञ्च सुन्दरहरैचाका अध्यक्ष खड्ग श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा लेप्रोसी मिसनले गर्दै आएका सिपमुलक तालिम सहित रोजगारीमा अपागंता भएकाहरुलाई गरेको समन्वयका विषयमा छलफल गरियो ।

आगामी दिनमा सुन्दरहरैचा क्षेत्रमा पनि अपागंता भएकाहरुलाई सिप प्रदान गरी अवसर प्रदान गर्न सकिने विषयमा लेप्रोसी मिसनले गर्दै आएका काम सहित आगामी योजनाहरुका विषयमा लेप्रोसी मिसन नेपालका प्रवन्धक  विपिन दासले जानकारी गराएका थिए ।WhatsApp Image 2023-07-11 at 18.06.45 (1)

अपागंता भएकाहरुलाई सिप सिकाएर आत्मनिर्भर वनाउने कार्य गर्दै आएको लेप्रोसी मिसनले हाल सम्म २सय ५० जना वढीलाई विभिन्न ठाउँमा अवसर उपलव्ध गराएको समेत दासले छलफलमा वताए ।

अपागंता भएका १८ वर्ष देखि ४५ वर्ष सम्मका मानिसहरुलाई सिप सिकाएर रोजगारी उपलव्ध गराउने काम लेप्रोसी मिसनले गर्दै आएको छ ।

छलफलमा सुन्दरहरैचा क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।