इटहरी । विभिन्न कारणले व्यापार व्यवसाय चल्न नसकिरहेको भन्दै इटहरीका व्यवसायीहरु पलायन हुने क्रम बढी रहेको समयमा इटहरीमै कपडाहरुको होलसेल कारोवार गर्ने गरी सपना फैन्सी स्टोर सञ्चालनमा आएको छ ।
जे एण्ड वि एप्रेल्स प्रालि गार्मेन्ट सञ्चालन गर्दै आएका इटहरीका पुराना व्यवसायी राजु रायले आफनै गार्मेन्ट तथा भियतनाम , चाइना लगायतका देशहरुका ब्राण्डेड कपडाहरु विक्री गर्ने गरी होलसेल स्टोर सञ्चालनमा ल्याएका हुन । उक्त कपडा पसलको प्रिमीयर फेसन लिमिटेडका सञ्चालक जमालउदिन राजभीले रिवन काटेर उद्घाटन गरेका हुन ।
इटहरीको संगित चौकमा सञ्चालनमा ल्याइएको सपना फैन्सी स्टोरले कपडाको होलसेल कारोवार गर्ने सञ्चालक राजु रायले जानकारी गराए ।
कोशी प्रदेशको व्यवसायिक हवका रुपमा विकसित इटहरीमा कपडा लगायतका विभिन्न सामाग्रीहरुका हेलसेल पसलहरु उल्लेखिय संख्यामा रहेका छन । 
इटहरीमा सञ्चालित होलसेल पसलहरुबाट पूर्वी पहाडी जिल्ला तथा पुर्वका विभिन्न ठाउँहरु सम्म खुद्रा व्यवसायीहरुले सामान लाने गरेका छन ।




















