इटहरी । पछिल्लो समयमा महिलाहरुको सौन्दर्यकला प्रति आकर्षण बढी रहेको तर्फ मध्यनजर गर्दै व्युटि पार्लरहरु खुल्ने क्रम पनि वढी रहेका छन । यही क्रममा कोशी प्रदेशको केन्द्रविन्दुका रुपमा रहेको इटहरीमा सौन्दर्यकला व्यवसाय सहित ट्रेनिड सेन्टर सहितको मिराकल व्युटि क्लिनिक सञ्चालनमा आएको छ ।

    डा. पुजा मित्तलको सेवा सहितको सौन्दर्यकला सम्वन्धी ट्रेनिड सहितको मिराकल व्युटि क्लिनिक सृटिका भण्डारीले सञ्चालनमा ल्याएकी हुन ।WhatsApp Image 2023-07-10 at 18.08.52

 सौन्दर्यकलाका सेवाहरु सहित दक्ष जनशक्ति तयार पार्ने उद्धेश्यले सौन्दर्यकला सम्वन्धी तालिम सञ्चालन गर्ने गरी इटहरी उपमहानगरपालिकाको वडा नम्बर ९मा केन्द्र वनाएर सञ्चालनमा मिराकल व्युटि क्लिनिक सञ्चालनमा ल्याएको टंक भण्डारीले जानकारी दिए ।WhatsApp Image 2023-07-10 at 18.08.55 (1)

स्वरोजगार ट्रेनिड सेन्टरको सफलता पछि सौन्दर्यकलाका क्षेत्रमा समेत दक्ष जनशक्ति तयार पार्ने उद्धेश्यले सेन्टर समेत सञ्चालनमा ल्याएको पनि भण्डारीले वताए  । उद्धघाटनको अवसर पारेर डा. मित्तलले निशुल्क रुपमा स्किन टेष्टको व्यवस्था समेत सेन्टरले मिलाएको जनाइयो  ।