सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आयकरको सीमा परिवर्तन गरेको छ । २०८०÷८१ को बजेट मार्फत करका विभिन्न दर हेरफेर गरीएको हो । आर्थिक विधेयक २०८० मार्फत सरकारले आयकर सम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । वार्षिक करयोग्य आय २० लाखभन्दा बढी भएका व्यक्तिले तिर्नुपर्ने आयकर बढाइएको छ ।

नयाँ व्यवस्थाले २० लाखभन्दा बढीको वार्षिक करयोग्य आम्दानी भएका व्यक्तिका लागि आयकरको दर परिमार्जन गरिएको छ । २० लाखभन्दा माथि ५० लाखसम्म करयोग्य आयमा ३६ प्रतिशत आयकर लाग्नेछ । यस्तै ५० लाखभन्दा माथिको जुनसुकै करयोग्य आयमा ३९ प्रतिशत कर लाग्नेछ । वार्षिक २० लाखभन्दा कम करयोग्य आय भएका व्यक्तिका लागि भने करको दर यथावत् छ ।350939625_1411524702945661_501713344494391373_n