अर्थाेडक्स चियाको क्षेत्रमा जिल्ला बाहिरका छ वटा उध्योगलाई धनकुटामा ट्रेडमार्क वितरण गरिएको छ ।ट्रेडमार्क पाउने उद्योगहरुमा भोजपुर जिल्ला स्थित गरस चिया उध्योग, ईलाम जिल्ला स्थित  सिल्भर माउन्टेन टि ईण्डष्ट्रिज प्रालि, फार्मर टि प्रोसेसिङ ईण्डष्ट्रिज, शिद्द देवी टि स्टेट प्रा.लि, नोर्लिग स्पेशियालिटि टि प्रा. लि., ला मण्डला स्पेशियालिटि टि रहेका छन् । 160610151422-green-tea-leaves-super-169

राष्ट्रिय चिया तथा कफि विकास वोर्ड केन्द्रीय कार्यालय काठमाण्डौको आयोजनामा धनकुटामा अर्थाेडक्स चिया ट्रेडमार्क कार्यान्वयन सम्बन्धि सम्पन्न अभिमुखिकरण कार्यक्रमको अवसर पारेर चिया उद्योगहरुलाई ट्रेडमार्क ईजाजत प्रमाणपत्र वितरण गरिएको हो । २ हजार ७५ सालबाट हालसम्म २९ वटा उध्योगले ट्रेडमार्क पाउँदासम्म धनकुटा जिल्लाका कुनै पनि उध्योग, चिया किसानहरूको ट्रेडमार्ककालागि आवेदन समेत नपरेको हुँदा अन्य जिल्लाका चिया उध्यमिहरूलाई धनकुटा जिल्लामा बोलाएर ट्रेडमार्क प्रमाणपत्र वितरण गरि धनकुटाका चिया किसानलाई सचेत गराएको राष्ट्रिय चिया तथा कफि विकास बोर्डका कार्याकारी निर्देशक डाक्टर विष्णु प्रसाद भट्टराईले अभिमुखिकरण समापनको अवसरमा जानकारी दिएका छन ।

नेपाली अर्थोडक्स चियाको आफ्नै ट्रेडमार्क लोगो कार्यान्वयनमा आएसँगै नेपालि चिया रोपिएको १५७ बर्षपछि बल्ल चिया तथा कफी विकास बोर्डले चियाको लोगो औपचारिक रूपमा कार्यान्वयन गरि ट्रेडमार्क ल्याएको हो । नेपाली चिया बजारमा पठाउँदा अबदेखि नेपाल टि क्वालिटी फ्रम दि हिमालयज नामको नेपाली लोगो टाँस गर्न यतिवेला शहज भएको छ । अन्तर्राष्ट्रिय बजारमा जाने गरी कार्यान्वयन गरिएको लोगो चिया क्षेत्रमा नयाँ फड्को भएको चिया किसानहरू बताउछन । पहिलो चरणमा देशका १२ उद्योगले लोगो प्रयोग गर्न पाएनु भएको थियो । नेपाली अर्थोडक्स कार्यान्वयन निर्देशिका, २०७४’ निर्देशिकाले तय गरेको मापदण्ड पूरा गरेका उद्योगलाई मात्र लोगो हस्तान्तरण गरिएको बोर्डका कार्यकारी निर्देशक डा. भट्टराईले जानकारी दीएका हुन ।