श्री एयरलाइन्सका ३ वटा जहाजलाई  फ्लाइट सेफ्टी स्ट्यान्डर्डस् विभागले  नियमत उडानका लागि अनुमति दिएको छ ।

 अनुसार, विभागले गरेको प्राविधिक निरीक्षणपछि सोमबार बिहान श्रीका दुइटा बमबार्डियर ड्यास क्यू–४०० र एउटा बमबार्डियर सीआरजे गरी तीन वटा जहाज उडानयोग्य रहेको र विभागले उडान गर्न अनुमति दिएको हो भनी नागरिक उड्डययन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुल बताउछन । श्रीसँग आन्तरिक उडानका लागि ८ वटा विमान छन् । तीमध्ये पछिल्लो समय चार वटा जहाज उडानमा थिए ।

विभागका अनुसार, अहिले उडानयोग्य भएका जहाजमा सीआरजे अल्फा माइक चार्ली तथा बमबार्डियर ड्यास क्यू–४०० तर्फ अल्फा नोभेम्बर इको र अल्फा नोभेम्बर सेरामात्रै हुन् ।

श्रीले सोमबार काठमाडौंबाट, पोखरा, नेपालगन्ज,भद्रपुर, भैरहवा, विराटनगर, ३१ वटा उडान तालिकामा राखेको छ ।

शनिबार धनगढी र पोखराका लागि काठमाडौंबाट उडेका जहाजमा प्राविधिक समस्या देखिएपछि श्रीले आइतबार सबै जहाज ग्राउन्डेड  गर्ने निर्णय गर्दै टिकट खरिद गरीसकेका यात्रुसँग माफी मागेको थियो ।