मोरङ : मोरङको सुन्दरहरैँचा ५ स्थित बलिया चोकमा मिलिजुली परिवारको आयोजना र ग्लोबल ड्रिम्स म्यानेजमेन्ट प्रालिको व्यवस्थापनमा जारी प्रथम बलिया महोत्सव (२०८०) मा आज (मंगलबार) गायिका ज्योति मगर आउने भएकी छन् । साँझ ७ बजेदेखि १० बजेसम्म गायिका मगरको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा रोटेपिङ्ग, कोलम्बस, ट्राईगन, ब्रेक टान्स, र बच्चाका विभिन्न खेलहरू आकर्षणको रूपमा रहेको आयोजकले जनाएको छ ।जेष्ठ १९ गते देखि सुरु भएको महोत्सव असार ५ गतेसम्म सञ्चालन हुनेछ।