इटहरी । तामाङ जातिको कला संस्कृतिको संरक्षण र प्रवद्धनमा सहयोग पुरयाउने उद्धेश्यले निर्माण गरिन लागेको नेपाली कथानाक चलचित्र चारदामको एक कार्यक्रमका विच शुभ मुर्तह गरिएको छ । लाखमान योञ्जन तामाङको लेखन निर्देशन रहेको चलचित्र चारदामको सुनसरीको इटहरीमा शुभ मुर्हत गरिएको हो ।

तामाङ जातिको लोपोन्मुख हुदै गएको भाषा,लिपी,भेषभुषा, कला ,संस्कृतिको संरक्षण र प्रवद्धनमा जोडदिदै निर्माण गरिने चारदाम नेपाली , तामाङ र अग्रेजी भाषामा डविङ गरिने लेखक निर्देशक लाखमान योञ्जन तामाङले जानकारी दिए । फिल्मको छाँयान्कन सुनसरीका विभिन्न स्थान सहित भोजपुरको तामाङ गाउँमा गरिने समेत निर्देशक तामाङले वताए । WhatsApp Image 2023-06-05 at 16.56.40

फिल्म फेष्टिवलहरुलाई लक्षित गरि निर्माण गरिने चारदामको निर्माता मैया घिसिङ तामाङ, मोहनलोचन तामाङ, मदन राई रहेका र सो फिल्ममा सुभाष योञ्जन तामाङ ,सुकुमाया तामाङ, मोहनलोचन तामाङ, शान्ति पाख्रिन , पुर्व लिम्बु लगायतका कलाकारहरुको अभियन रहने छ । तामाङ घेदुङका कोशी प्रदेश अध्यक्ष रेखवहादुर तामाङको प्रमुख आतिथ्यमा भएको शुभ मुर्तह कार्यक्रममा चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण प्रधान लगायतको सहभागिता रहेको थियो ।