इटहरी । विराटनगरका युवा व्यवसायी युवराज कार्कीले सप्तकोसी अनलाईन लगायतका केही सञ्चार माध्यमहरुमा आफनो नाम जोडेर ज्याउर रहेमानलाई ठगी गरेको भन्ने आरोप सहितको समाचार प्रकाशित भएकोमा आफुले कुनै पनि किसिमले  ठगी नगरेको दावी गरेका छन ।

 उनले आफु विरुद्ध  चेक अनादर मुँदा र जालझेल मुद्धा दर्ता गराएकोमा चेक अनादर मुद्धामा अदालतबाट जितेको र जालझेल किर्ते मुद्धा स्वयम रहेमानले मिति २०७७साल १२ महिना १३ गते फिर्ता लिइसकेको निवेदन लेखेर जानकारी गराएका हुन ।

  केही सचारमाध्यमहरुमा यस विषयमा प्रकासित समाचारमा कार्कीले ठगी गरेको भन्ने आशय देखिएकाले  आफ्नो ध्यानाकर्षण भएको समेत जनाउदै चेक अनादर मुद्धा आफुले जितेको र जालझेल किर्ते मुद्धा रहेमानले फिर्ता लिएको जानकारी सहितको निवेदन र कागजात उपलव्ध गराएका छन ।  यता उनको विषयमा प्रकाशन भएको समाचार सामाग्री सँग सम्बन्धीत दुवै पक्षले उपलव्ध गराएका प्रमाणहरु सप्तकोशी अनलाइन सँग सुरक्षीत रहेको छ ।