इटहरी । चर्चित बाल गायक प्रितम आचार्यको स्वर तथा रमेश प्रसाईको शब्द संगीत रहेको एक दिन बोलको म्युजिक भिडियो तुलसी घिमीरे अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

   इटहरी आर्टस एण्ड फाउण्डेशनले आयोजना गरेको लिटल मिस्टर एण्ड मिस इटहरी २०७९का विजेताहरुको अभियन रहेको एक दिन बोलको गीतको म्युजिक भिडियो तुलसी घिमिरे अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको हो ।

प्रितम आचार्य र तुलसी घिमिरेको स्वर रहेको  एक दिन बोलको गीतको एरेन्ज  रोहन देवकोटाले र उत्सव आचार्यले मिक्सिङ मास्टरिङ गरेका हुन । भने सो गीतको भिडियो इटहरीको ड्रिम्स फोटोग्राफीले पोस्ट प्रोडक्सन गरेको छ ।Capture 1

  गीतका गायक समेत रहेका तुलसी घिमिरेले निर्देशन गरेको म्युजिक भिडियो छायांकन , सम्पादनको काम  संयोग जंग बिस्टले गरेका छन । म्युजिक भिडियो पुर्व क्षेत्रकै चर्चित  इटहरीको ओसियन पार्क, गोकुलम रिसोर्ट, इटहरी रंगशालामा छायाँकन गरिएको निर्देशक घिमीरेले जानकारी दिएका छन ।aG लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ का विजेता  लिट्टिल मिस्ट्रर इटहरि रिहान दाहाल, प्रथम लिट्टिल मिस ईटहरि नम्रता श्रेष्ठ, फ्रस्ट रनरप  अर्चित भट्टराई, फ्रस्ट रनरप  रिहाना ओझा, सेकेण्ड रनरप दृस्य बराल, सेकेण्ड रनरप बिमिसा रेग्मी भएका थिए https://www.youtube.com/watch?v=1P68sQH6ufg