इटहरी । ढुवानी व्यवसाय नेपालीका लागि लाइभ लाइन रहेको कोशी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईले वताएका छन ।

सुनसरीको इटहरीमा इटहरी ढुवानी एजेण्ट व्यवसायी संघको १६औै वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनका प्रमुख अतिथी मन्त्री चापागाईले हामीसंग सामुद्रिक यातायात र ठुला सामान बोक्ने ट्रेन नभएका कारण ढुवानी व्यवसाय लाइभलाईन भएको वताएका हुन ।

सो कार्यक्रममा इटहरी क्षेत्रको शैक्षिक विकासमा महत्वपुर्ण योगदान पुरयाएको भन्दै प्रेमप्रसाद न्यौपाने र खेलकुदका क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै नेपाल एथ्लेटिक संघका केन्द्रीय उपाध्यक्ष जितेन्द्र चौधरीलाई सम्मान गरियो ।IMG_20230401_114804 सोही कार्यक्रममा ढुवानी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष सन्तबहादुर डुम्जनले इटहरी उपमहानगरपालिका वडा नम्बर ८मा रहेको सरस्वती सतन माविमा अध्ययन गर्ने कक्षा १०मा उत्कृष्ट नतिजा ल्याउने एक विद्यार्थीलाई एक वर्षका लागि सम्पुर्ण खर्च आफुले बेर्होने गरि छात्रावृत्ति उपलव्ध गराउने घोषणा गरेका छन ।

यसै विच संघको पाँचौ अधिवेशनले पुन अध्यक्ष चितनारायण चौधरीलाई सर्वसम्मतले चयन गरेको छ । IMG_20230401_161148संघको उपाध्यक्षमा केशव गिरी सचिवमा रमेश प्रसाद निरौला सहसचिव भोला पौडेल र कोषाध्यक्षमा गोविन्द्र बहादुर पौडेल चयन भएका छन । त्यसै गरी सदस्यमा विनोद कार्की , सुनिल कुमार मिश्रा, महेश्वर कुमार दहाल , अशोक तामागं रहेका छन । पाँचौ अधिवेशनका निर्वाचन समितिमा विनोद खड्का , सेमन्तराज खनाल र हेमसागर तिम्सिना रहेका थिए ।