सोलुखुम्वु । सोलुखुम्बुलाई संघीय राजधानी काठमाडौंसंग स्थलमार्गबाट छोटो दुरीबाट जोड्ने गरि सोलुको सल्लेरी तामाखानी हुदै रामेछाप ,दोलखा हुदै काठमाडौं सम्मको सडक निर्माण कार्य सुरु भएको छ ।

सडक निर्माण सम्पन्न भएपछि काठमाडौं सम्मको यात्रा सहज र छोटो हुने मात्र नभएर पर्यकीय महत्व समेत वढ्ने विश्वास गरिएको छ । 

         सडक संघीय राजधानी काठमाडौं जोड्ने गरी निर्माण भई रहेको छ । कोशी प्रदेश सरकारको बजेटबाट सोलु काठमाडौं जोड्ने सडक निर्मार्णका लागि सडक फराकिलो बनाउने कार्य तिव्र गतीमा गरिन थालेको हो ।

सोलुखुम्बुका लागि गौरबको योजनाका रुपमा आफुहरुले लिएको यो सडक निर्माण कार्य १८ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित ठेक्का लागी सकेको कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी वताउछन ।vlcsnap-2023-03-31-17h40m53s765

सोलुको सल्लेरी देखि काठमाडौं सम्म जोड्ने सडक निर्माण कार्य भईरहेको र यो सडक निर्माण सम्पन्न भएपछि ओखलढुगां भएर काठमाडौ सम्म पुग्नु पर्ने बाध्यता हट्ने र छोटो दुरीबाट सहजताका साथ पुग्न सकिने स्थानीय नुतन श्रेष्ठ वताउछन ।

सेल्लेरी देखि रामेछाप , दोलखा हुँदै काठमाडौं जोड्ने सडकका कारण स्थलमार्गबाट पर्यटकहरुलाई भित्रयाउन समेत सकिने भएका कारण समेत पर्यटकीय महत्व समेत वढ्ने उनले विश्वास व्यक्त गरे ।

सो सडक निर्माणका लागि कोशी प्रदेश सरकारले ३६ करोड लाग्ने पुर्व अनुमान अनुसार ठेक्का लगाइ सकेको छ भने सडक निर्माण कार्य सम्पन्न भएका आवतजावतमा सहजता हुने मात्र नभएर व्यापारिक तथा पर्यटकीय क्षेत्रको विकासमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।