डोल्पा  । पूर्ण सार्की डोल्पा हिमाली जिल्ला डोल्पामा डियुटिमा खटिएका प्रहरी हवल्दार बेपत्ता भएकाछन् ।

ईलाका प्रहरी कार्यालय काइगाउँमा कार्यरत दैलेख जिल्ला नौमुले गाउँपालिका घर भएका ४१ बर्षिया बरिस्ठ हवल्दार जोशिराम रेगामि काईगाउँ खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

मुड्केचुला गाउँपालिका वडा नं १ अन्तर्ग पर्ने भेरीकुना भन्ने ठाउँबाट बिहीबार साझ पौने छ बजेको समयमा बेपत्ता भएको र खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

बेपत्ता जोशी नियमित गस्तीकालागि खटिएको र खोजतलास गर्दा उनले बोकेको झोला भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायाव निरिक्षकको नेतृत्वमा प्रहरीको टोली घटनास्थल खटिएको बताइएको छ ।