सुनसरी । सुनसरीको चतरा धाममा रामनवमी पर्व भव्यताका साथ मनाइएको छ । 

चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तीपूर्वक पूजा आराधना गरी ‘रामनवमीर्’  मनाए अनुरुप चतरामा पनी रामायण पाठ,भजन कृतन,श्री रामको आरधना गरी मनाइएको हो । चतरामा जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठ ( श्रीराम तारक ब्रह्म पीठ ) वराहक्षेत्र , चतरा धाममा श्रीराम नवमीको अवसरमा नवरात्र भरी नौ दिन सम्म  श्रीरामचरितमानसको नवाह पारायण पाठ गरिएको हो । 

पिठाधिश्रवर जगद्गुरू श्रीरामानन्दचार्य  स्वामी रामकृष्णाचार्य ( महायोगी सिद्धबाबा ) बाट पञ्चामृत द्वारा भगवान श्रीरामको महाअभिषेक गरी श्रीराम प्राकट्य महोत्सव ( श्रीराम नवमी) मनाइएको छ ।vlcsnap-2023-03-30-18h35m36s656 असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिने प्रचलन रहेको छ । मानव जिवनलाइ सार्थकता तुल्याउन मर्यादा पुरुशोत्तम रामको चरित्र सबैले जान्नुपर्ने पिठाधिश्रवर जगद्गुरू श्रीरामानन्दचार्य  स्वामी रामकृष्णाचार्यको भनाइ  छ । WhatsApp Image 2023-03-30 at 18.29.19

रामले मानव अवतार लिएको अवसरमा रामनवमीमा विगत ९ दिनदेखी व्रत बसी भजन किर्तन गरी मर्यादा पुरुश्वतम श्री रामको पुजा आरधना गरी राम नवमी मनाइने गरिएको छ । त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । WhatsApp Image 2023-03-30 at 18.29.19 (1)त्रेतायुगमा भगवान राम र माता सीतासँग जनकपुरधाममै विवाह भएको थियो । नेपालका विभीन्न स्थानमा अवस्थीत राम मन्दिरमा आज भक्तजनहरुको ठुलो घुइचो लागेको थियो ।