मोरङ । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिका वडा.६ र ७ मा तालाबन्दी गर्ने क्रममा वडाअध्यक्ष माथी कुटपिट र लछारपछार गरेको छ । ४ दिन सम्म कोशी प्रदेशका सवै स्थानियतहमा तालावन्दी गर्ने उदघोष गरेका पहिचानवादी आन्दोलनकर्ताले उर्लाबारी नगरपालिका र मतहतका वडा कार्यालयमा तालाबन्दी गर्ने क्रममा वडा नम्वर६ का अध्यक्ष चिन्तामणी पौडेललाई कुटपिट गरेका थिए । आज विहान करिव साढे ११ बजेको समयमा बन्द गराउदै हिडेका आन्दोलनकारीले आफुमाथी एक्कासी हातपात गरेको वडा नम्वर–६ का वडाध्यक्ष चिन्तामणी पौडेलले बताएका छन ।

उर्लाबारीमा मंगलवार पहिचानवादी आन्दोलनकर्ताले नगरपालिका र मातहत रहेका वडा कार्यालय वन्द गराउने शिलशिलामा वडा नम्वर७ की वडाध्यक्ष शर्मिला थापामाथी पनि हातपात भएको वडा अध्यक्ष शर्मिला थापाले बताएकी छीन । 

वडाध्यक्षसग लिडरहरु कुराकानी गरेर निस्कदै गरेको अवस्थामा वडाध्यक्ष सोध्दै आएको एउटा समुहले एक्कासी आक्रमण गरेको प्रत्यक्षदर्शी सुरेश राइको भनाइ छ । 

उर्लाबारीमा आज स्थानिय नगरपालिको कार्यालय र मातहतका कार्यालय बन्द गराउदै हिडेका आन्दोलन कार्ता र प्रहरी विच केही समय नगरपालिकाको प्राङगाणमा सामान्य झडप समेत भएको थियो । झडपका क्रममा प्रहरीले आन्दोलन कारीले प्रयोग गरेको एउटा बाईक नियन्त्रणमा लिएको छ । वडाध्यक्ष माथी कुटपिट गर्ने र महिला वडाध्यक्षमाथी अभद्र व्यवहार गर्नेको पहिचान खुलीसकेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक बबिन्द्र नेम्वाङले जानकारी गराए ।